गुगलले जिमेलका लागि ल्यायो नयाँ भर्जन, अपडेट गर्नुहोस ।

गुगलले जिमेलका लागि नयाँ अपडेट ल्याएको छ । योसँगै अब आईओएस फोर्टिन भएका डिभाइसमा ईमेल डिफल्ट एप्लिकेसनको रुपमा रहनेछ । एप्पलको अपरेटिङ सिस्टमको नयाँ भर्सन प्रयोग गर्ने जुनसुकै आईफोन वा आइप्याडमा प्रयोगकर्ताहरुले थर्ड पार्टी ईमेल एप्लिकेसनलाई डिफल्ट एप्लिकेसनको रुपमा सेट गर्न सक्छन् । यद्यपि थर्ड पार्टी एपले पनि एप्पलको अपरेटिङ सिस्टममा फिट हुने किसिमको सपोर्ट फिचर एड गर्नुपर्नेछ ।

हालै भएको जिमेलको अपडेटमा यो सपोर्ट फिचर थप भएको छ । आईओएस फोर्टिनमा जिमेल प्रयोग गर्न सबैभन्दा पहिले प्रयोगकर्ताले आफ्नो आईओएस डिभाइसको अपरेटिङ सिस्टमलाई नयाँ भर्सनमा अपडेट गर्नुपर्छ । त्यसपछि आईओएसको सेटिङ एपमा जानुहोस् । त्यहाँ मेनुमा ‘जिमेल’ चयन गर्नुहोस् र मेनुमा नयाँ ‘डिफल्ट मेल एप’ खोज्नुहोस् । गुगलका अनुसार जिमेल एपलाई अपडेट गरिसकेपछि यसले अहिले प्रयोगकर्ताले प्रक्रिया पुरा इन्स्ट्रक्सन पनि दिन थालेको छ ।

तर आईओएसमा देखा परेको एउटा बगले थर्ड पार्टी ब्राउजर र ईमेल एप्लिकेसनलाई रिस्टार्ट गरिसकेपछि एप्पलको डिफल्ट मेल र सफारीमा स्वतस् स्विच गरिदिन्छ । तर एप्पलले हालसम्म यसलाई कहिले सम्बोधन गर्ने भनेर कुनै प्रतिक्रिया दिएको छैन । गुगलले भने एप्पलको डिफल्ट एपका लागि नयाँ अप्सनलाई पूर्ण रुपमा अंगालेको छ । एप्पलले यसअघि नै क्रोमलाई आफ्नो आईओएस फोर्टिनमा डिफल्ट ब्राउजरको रुपमा सपोर्ट एड गर्ने घोषणा गरिसकेको छ ।

प्रकाशित मिति ६ आश्विन २०७७, मंगलवार १५:५२
Loading...