सुनको मुल्यमा भारी गिरावट, हेर्नुहोस् तोलाको कति पुग्यो ?

भाद्र-६, काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ। सोमबार प्रतितोला ९७ हजार २ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज तोलामा १७ सय रुपैयाले घटेर तोलाको ९५ हजार ५ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि घटेर प्रतितोला ९५ हजार रुपैयामा कारोबार भइरहेको जनाइएको छ । त्यसैगरी आज चाँदीको मूल्य पनि ९० रुपैयाँले घढेर प्रतितोला १ हजार २ सय ३० रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति ६ आश्विन २०७७, मंगलवार ०८:४६
Loading...