डा. गोविन्द केसीलाई आज काठमाण्डौ ल्याइने,

काठमाण्डाै – स्वास्थ्य सेवा सुधारका माग राखेर अनसन बस्दै आउनुभएका डाक्टर गोविन्द केसीलाई आज काठमाण्डौ ल्याइने भएको छ । जुम्लाबाट हिजो नेपालगञ्ज आइपुगेका डाक्टर केसीलाई आज काठमाण्डौ ल्याउन लागिएको हो ।

हिजो नेपालगञ्ज काठमाण्डौ उडान नभएपछि उहाँलाई भेरी अस्पतालको आइसीयूमा राखिएको छ । उहाँलाई आज बिहान साढे ११ बजे बुद्ध एअरको उडानबाट काठमाण्डौ पठाउने तयारी भैरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो । डाक्टर केसीले काठमाण्डौमा पनि अनसन जारी राख्ने बताउनुभएको छ ।

सरकारले आफ्ना मागको विषयमा कुनै सम्बोधन नगरेको र पहिलेको अनसनमा अस्पतालमै तो’डफोड गरेको आरोप लगाउँदै उहाँले फेरि पनि यस्तो हिं’सा हुन नदिन जुम्लाबाट काठमाण्डौको यात्रा सुरु गरेको विज्ञप्ती मार्फत बताउनुभएको छ ।

प्रकाशित मिति ६ आश्विन २०७७, मंगलवार ०५:३२
Loading...