नेपाल आइपुग्यो नेपालीको आफ्नै रेल,

काठमाडौं नेपालमा यस अघि नै सञ्चालनमा आएको र नवः निर्माण गरिएको रेलमार्ग सञ्चालन हुने रेल नेपाल आइपुगेको छ । रेल विभागका महानिर्देशक बलराम मिश्रका अनुसार भारतको जयनगरबाट नेपालका लागि हिडेको नेपाली रेल बिहिबार साँझ नै नेपाल भारत सीमा क्षेत्रमा आइपुगेको थियो । उक्त रेल जनकपुर ल्याएपछि भारतीय निर्माता कम्पनीले हस्तान्तरण गर्ने जनाएको छ । मिश्रका अनुसारका भारतको हाजिपुर रेल्वे स्टेशनबाट जयनगर हुँदै जनकपुर तर्फ सो रेल आइरहेको छ ।

उक्त रेल हेर्नको निम्ती सयौ संख्यामा मानिसहरु त्यहा जम्मा भएका छन् । बालबालिकादेखि युवक र वृद् सम्मका व्यक्तिहरु आउने क्रम जारी छ । भारतमा निर्माण गरिएको नेपाली रेल नेपाली भूमिमा प्रवेश गरिसकेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए । उनले पहिलो पटक रेल आउन लागेकाले बाटो हेर्दै आउने बताए । रेल जयनगरबाट नेपाल प्रवेश गरिसकेको बताउँदै उनले रुटको बाटोको अवस्था मूल्यांकन गर्दै आउने भएकाले केही समय लाग्न सक्ने बताए । यद्यपि केही घण्टामै रेल नेपालमा आइपुग्ने उनले बताए ।

प्रकाशित मिति २ आश्विन २०७७, शुक्रबार १७:४८
Loading...