‘म एउटा कर्मचारीको लागि सडकमा नआइदिनु होला’ कुलमान घिसिङ

काठमाडौ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुखबाट गत मंगलबार विदा भएका कुलमान घिसिङको पुन नियुक्तिको माग गर्दै जनताहरु सडकमा निस्केका छन् ।कुलमान घिसिङको नियुक्त हुने भन्ने विषयले अहिले सडक तथा सामाजिक सञ्जाल भरिएका छन् । कार्यकाल सकिएर बिदा भएका कुलमान घिसिङ नै दोहोरिने संकेत ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयले दिएको छ ।

घिसिङलाई निरन्तरता दिनका लागि प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग परामर्श गरेर मन्त्री पुनले गत आईतबार नै प्रस्ताव अगाडि बढाइसकेको उहाँको भनाइ छ ।कुलमान घिसिङले एक अन्तर्वातामा एकजना कर्मचारीको लागि सडकमा नआउन अनुरोध गरेका छन् । आफू प्राधिकरणबाट बाहिरै रहेर पनि सहयोग गर्ने पनि बताउनु भयो ।

ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्रीका स्वकिय सचिव चापागाईंका अनुसार मन्त्रालयको तर्फबाट प्रस्ताव तयार गरेर मन्त्रिपरिषद्को कार्यालयमा दर्ता भइसकेको छ । यसबारे मन्त्री वर्षमान पुनले घिसिङ नै दोहोरिने सम्भावना जीवितै रहेको बताउनुभएको छ ।

 

प्रकाशित मिति २ आश्विन २०७७, शुक्रबार ०९:४१
Loading...