आसोज १ गते बिहीबार, आज तपाईंको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

आज श्री शाके १९४२ बि।स।२०७७ साल असोज १ गते बिहिबार इश्वी सन २०२० सेप्टेम्बर १७ तारीख आश्विन कृष्णपक्ष औँसी तिथी ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, )

गरीरहेको कार्यमा सामान्य परीर्वतनको सम्भावना रहेकोछ । सानो प्रयासले ब्यक्तित्व बिकासमा निकै टेवा पूर्याउनेछ । आफुभन्दा सानाको स्वास्थमा खरावि उत्पन्न हुन सक्नेछ । मध्यान पश्चात भने तपाईका शुभ चिन्तक हरुको सङख्या बढ्नेछ भने शत्रुपक्क्ष कमजोर हुनाले बिघ्नबाधाहरु हट्नेछन ।

बृष राशि (, , , , बा, बि, बु, बे, बो)

कार्य सम्पादनमा भएका सामाय त्रुटिले अपजसको सामना गनु पर्ने सम्भाबना रहेको छ । पारीवारिक झोरझमेलाले सताउन सक्नेछ । मध्यान पश्चात प्राकृतीक स्रोत साधनको परिचालनबाट यथेष्ट लाभ लिन सकिनेछ । बौधिक ब्यक्तित्व सँगको भेटघाटले मन हर्सित तुल्याउला ।

मिथुन राशि (का, कि, कु, , , , के, को, )

पराक्रममा बृद्धि हुनेछ । प्रिय मित्रजन सगँको भेटघाटले मन प्रशन्न रहला । प्रतिश्पदा मुलक कार्यमा तपाई अब्बल रहनु हुनेछ । मध्यान पश्चात गैर बिश्वसनिय कुराको पछि लाग्नाले कार्यमा झमेला उत्पन्न हुनेछ । पारीवारिक साथ सहयोग बाट कार्य सम्पादनमा मद्दत पूग्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

तपाईको बाणीकोगलत अर्थ लाग्न सक्छ बोल्दा होशपूर्याउनु होला । लेनदेन सम्बन्धी कार्यमा बिशेष सजग रहनु पर्ने छ । मध्यान पश्चात दाजुभाई तथा ईष्ट मित्र बिचको सम्बन्धमा सामान्य खराबि देखा पर्नेछ । कुराकाट्ने ब्यक्ति हरुबाट भने सजग रहनु होला । सामान्य यात्राको योग रहेको छ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

मान्यजनको साथ सहयोग द्वारा गरीरहेको काममा बिशेष फाइदा प्राप्त हुनेछ । ब्यापार ब्यवसायको निम्ति राम्रो समय रहेको छ । मध्यान पश्चात बाणिका कारण आफन्त जनहरु रुष्ट रहनेछन । पठनपाठनमा राम्रो समय रहेको छ । भोजभतेरमा सरीक हुने अबसर प्राप्त हुनेछ ।

कन्या राशि (टो, , पि, पु, , , , पे, पो)

मित्रजन तथा दाजु भाई बिचको सम्बन्धमा सुधार आउनेछ । अरुको छीटो बिश्वास गर्ने बानिको कारण तपाँईलाई सामान्य धोका हुन सक्छ । मध्यान पश्चात पारीबारिक सम्बन्धमा सुधार आउनेछ । सामान्य कार्यका निम्ति धेरै श्रम खर्चनु पर्नेछ । प्रिय मित्रजनको भेटघाटले मन हर्शित रहनेछ ।

तुला राशि (, रि, रु, रे, रो, ता, ति, तु, ते)

प्रिय मित्रजनको भेटघाटले मन हर्शित रहनेछ । मनोरञ्जनको क्षेत्रमा धेरै समय ब्यतित हुन सक्छ । आर्थीक क्षेत्र मध्यम रहनेछ । मध्यान पश्चात अरुको छीटो बिश्वास गर्ने बानिको कारण तपाँईलाई सामान्य धोका हुन सक्छ । सामान्य आर्थिक अभाबको सामना गर्नु पर्नेछ । यात्रा खर्च दायक रहनसक्ने सम्भाबना रहेको छ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

शारिरीक आलस्यताले सताउला । पारीवारिक साथ सहयोग बाट काममा बिशेष फाईदा हुनेछ । सामान्य कार्यमा ज्यादा समय ब्यतित हुनसक्नेछ । मध्यान पश्चात बिद्या प्राप्ति योग तथा बौधिक बिकाश हुने समय रहेकोछ । पुरानो लगानि उठाउने राम्रो समय रहेको छ ।

धनु राशि (ये, यो, , भि, भु, , फा, , भे)

अरुको छीटो बिश्वास गर्ने बानिको कारण तपाँईलाई सामान्य धोका हुन सक्छ । दाजुभाई तथा मित्रजनको साथ सहयोगमा गरीएका कार्यमा बिशेष फाईदा पुग्नेछ । मध्यान पश्चात कार्य सम्पादन गर्न बढी परीश्रम र समय ब्यतित हुन सक्छ । मान्यजनको साथ सहयोग प्राप्त हुनाले मन प्रशन्न रहला ।

मकर राशि (भो, , जि, खि, खु, खे, खो, गा, गि)

अरुको दबाबको अनुभब हुन सक्नेछ । स्वास्थमा देखा परेको गढबढीले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न गराउला । मध्यान पश्चात दाजु भाई तथा मित्रजनको साथ सहयोग प्राप्त हुनेछ । यात्राकारक दिन रहेकोछ । तपाईको मेहेनतको फल अनायासै अरुलाई मिल्ने छ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, )

ब्यापार ब्यवसायको क्षेत्रबाट मनग्य लाभ उठाउन सकिएला । जिबन साथीको सहयोगमा गरीएका कार्यहरुमा सफलता हात लाग्नेछन । मध्यान पश्चात सोचेको भन्दा बढिमात्रामा खर्च हुनाले मानसिक चिन्ताले सताउन सक्छ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ ।

मीन राशि (दि, दु, , , , दे, दो, , चि)

अरुको बिश्वास गर्नाले षड्यन्त्रमा फसीएला सजग रहनु पर्ने समय रहेको छ । अपरीपक्क निर्णयले तपाई लाई गलत साबित गर्न सक्नेछ । मध्यान पश्चात अरुद्वारा सम्पादीत कार्यबाट यथेष्ट फाइदा लिन सकिनेछ । बाक चातुर्यताको कारण नेत्रृत्वदायी भुमिका निर्वाह गर्ने अवसर प्राप्त हुनेछ ।

 

प्रकाशित मिति ३१ भाद्र २०७७, बुधबार १९:२६
Loading...