अब काठमाडौं छि,र्दा न जोरबिजोर, न पीसीआर सं’क्रमण बढ्छ, आफैं सचेत बनौं ।

३१ भदौ, काठमाडौं को’रोना भा’इरसको सं’क्रमण बढेको भन्दै तीन सातासम्म नि’षेधाज्ञा घोषणा गरेका काठमाडौंका तीनै जिल्ला प्रशासन कार्यालयले बिहीबार खुकुलो आदेश जारी गरेका छन् । अब नि’शेष गरिएका गतिविधिको सूचीलाई ५ बुँदामा झारिएको छ । तर जनप्रतिनिधि र विज्ञहरुले भने प्रशासनको खुकुलो नीतिप्रति चिन्ता प्रकट गरेका छन् ।

अब उपत्यका बाहिरबाट आउनेहरु सवारी साधनमा जोर-बिजोर लागू नहुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताएका छन् । यता, संघीय सरकारले सोमबारको क्याबिनेट निर्णयबाटै उपत्यकामा अत्यावश्यक सेवा, कार्यालय, आवत-जावत र ढुवानी सेवा बाहेकका सवारी साधनलाई जोर-बिजोर लागू हुने भनेको छ ।

गृह मन्त्रायलका प्रवक्ता चक्रबहादुर बुढा सार्वजनिक यातायात चलेपछि पीसीआर जाँच गरिराख्न सम्भव नहुने बताउँछन् । संघीय सरकारले धार्मिकस्थलहरुमा भिडभाड गर्न, सभा, गोष्ठीहरु गर्न र शैक्षिक संस्थाहरु खोल्न रोक लगाएको छ । साथै मनोरञ्जनस्थल, सैलुन, व्यटीपार्लरहरु नचलाउन, खेल गतिविधि नगर्न, पुस्तकालय एवं संग्रहालयलगायत सञ्चालन नगर्न भनेको छ ।

संघीय सरकारको निर्णयअनुसार भोलि असोज १ बाट अन्तरजिल्ला तथा लामो दुरीका यातायात सञ्चालन हुनेछन् भने अन्तरिक हवाई उडान पनि सुचारु हुनेछन् । यसले गर्दा देशभरका मानिसहरु उपत्यका आइपुग्नेछन् । तर, यसरी काठमाडौं आउनेहरुलाई पीसीआर टेष्ट वा क्वारेन्टिन अनिवार्य हुनेछैन ।

संक्रमण बढ्छ, आफैं जोगिनुपर्छ

स्वास्थ्य विज्ञहरु पनि सार्वजनिक यातायात, बजार सबै खुला गर्दा संक्रमण बढ्ने बताउँछन् । अर्थतन्त्र चलाउनु पर्ने, नजिकिँदो दशैं लगायतका चाडपर्व एवं उद्योगी व्यवसायी सबैको द’बावमा परेर सरकारले यो निर्णय गरेको हुनसक्ने उनीहरुको विश्लेषण छ । एक जनस्वास्थ्य विज्ञ भन्छन्, ‘सधैं लकडाउन गरेर मात्र हुन्न, तर खोल्दा व्यवस्थित गरेर जान पाएको भए राम्रो हुन्थ्यो ।’अब सरकारले निर्णय गरिसकेकाले हरेक मानिस आफैं सचेत भएर जोगिनुपर्ने ती विज्ञले बताए ।

जनस्वास्थ्य विज्ञ डाक्टर शरद वन्त पनि जन स्वास्थ्यको मापदण्ड पालना गर्ने उपयुक्त समय आएको बताउँछन् । ‘ल’कडाउन खुकुलो बनाउनु आवश्यक थियो, खुकुलो भयो’ उनले भने, ‘अब हामी पहिलेभन्दा सचेत हुनुपर्छ । वास्तविक सामाजिक दुरी कायम गर्ने समय आयो । किनकि, पहिलाभन्दा अहिले मानिसको चहल-पहल बढ्छ ।’सरकारले पनि संक्रमण सार्न सक्ने सम्भावित ठाउँहरुमा तगारो लगाएको भन्दै उनी ल’कडाउन खुलेको भनेर भ्रम पाल्नु ख’तरनाक हुने बताउँछन् । डा. वन्तले अघि भने, ‘सं’क्रमण कुनरुपमा जान्छ भन्ने भविष्य हाम्रो हातमा छ । अब हामीले सचेत भएर दैनिक जीवनमा र्फकनुपर्छ ।’

 

प्रकाशित मिति ३१ भाद्र २०७७, बुधबार १९:०५
Loading...