भोलिदेखि चन्द्रागिरी केवलकार सञ्चालन हुने,

काठमाडौं को’रोना महा’मारीका कारण विगत ६ महिनादेखि ब’न्द रहेको चन्द्रागिरी केवलार सञ्चालनमा आउने भएको छ । चन्द्रागिरी हिल्सका अनुसार यही भदौ २९ गतेको मन्त्रिपरिषदको निर्णयलाई टेकेर चन्द्रागिरी केवलकार सञ्चालन गर्न लागिएको हो ।

नयाँ पर्यटकीय हब बनेको चन्द्रागिरी केवलकार पनि विशेष स्वास्थ्य सुरक्षा विधि अपनाएर भोलिदेखि सञ्चालनमा ल्याइने चन्द्रागिरी हिल्स प्रालिका महाप्रवन्धक अभिषेक विक्रम शाहले बताए । चन्द्रागिरी हिल्स प्रालिले को’रोना भा’इरसको संक्र’मण फैलिनबाट बच्न सरकारले तोकेको सम्पूर्ण मापदण्ड पूरा गरी चन्द्रागिरी केवलकार भोलि बिहीबारबाट सञ्चालनमा ल्याउने तयारी गरेको हो ।

चन्द्रागिरी केवलकार र रिसोर्टलाई विगतका वर्षहरूमा भन्दा करिब ५० प्रतिशत कम मान्छे जम्मा हुने गरी सञ्चालनमा ल्याउनका लागि तयारी थालिएको चन्द्रागिरी हिल्सले जनाएको छ । चन्द्रागिरी केवलकार सञ्चालन आएपछि एउटा कारमा सामाजिक दूरी कायम गरी चार जनाले मात्रै यात्रा गर्न पाउने कम्पनीले नियम कायम गरेको छ ।

महाप्रबन्धक शाहले भने, ‘सेवाका लागि प्रवेशद्वारदेखि हरेक ठाउँमा गोलो घेरा लगाउने, स्यानिटाइज गर्नेलगायत सम्पूर्ण व्यवस्था मिलाइसकिएको छ । अब पहिलो चरणमा ५० प्रतिशत क्षमताका आधारमा बिस्तारै सञ्चालन गरिनेछ ।

 

प्रकाशित मिति ३१ भाद्र २०७७, बुधबार १६:०५
Loading...