साउदीमा को’रोना सम्बन्धि सबै प्रतिब’न्ध हटाउर्दै, साउदी छोड्ने र फर्कने गरि एयरपोर्ट खोल्ने निर्णय,

२९ भदाै, काठमाडौं साउदी सरकारले आगामी १ जनवरी देखि को’रोना भा’इरस सम्बन्धि लगाएका सबै प्रतिब’न्धहरु हटाउने भएको छ । साउदीले १ जनवरी २०२१ पछि नागरिकहरूले साउदी छोड्ने र फर्कने गरि समुद्री र एयरपोर्ट खोल्ने अनुमतिदिन पूर्ण रुपमा प्रतिब’न्ध हटाउने निर्णय भएको साउदी प्रेस एजेन्सीले जनाएको छ ।

को’रोना भाइरस सम्बन्धी प्रतिब’न्धलाई कम गर्नका लागि यो नयाँ कदमहरूको एक हि’स्सा भएको साउदीको आन्तरिक मन्त्रालयले जनाएको छ । अब प्रवासीहरू र भिषाअबधि भएकाहरुले सेप्टेम्बर १५ देखि साउदीमा प्रवेश गर्न पाउने भएका छन् । प्रवासीहरूले प्रवेशका लागि वै’ध एक्जिट र रिइन्ट्री भिसा, वर्क भिसा, रेसिडेन्सी परमिट र भिसा भएकाहरु सबै को’रोनाभाइरस सम्बन्धी सावधानीका उपायहरू र प्रोटोकलहरू पूरा गरि ४८ घण्टा अघि पीसीआर परीक्षण गरिएको कोरोना ने’गेटिभ भएको प्रमाणपत्र देखाउनु पर्ने जनाएको छ ।

कोरोना भाइरस या अन्य कारणले यात्रा प्रतिबन्ध लगाईएका देशहरुको हकमा साउदी सरकारले दिएको यो छुट लागू नहुने जनाएको छ । नयाँ भिसा लगायत अन्य प्रक्रियाबाट साउदी प्रबेश गर्न भने १ जनवरी २०२१ पछिमात्र अनुमति पाउने छन । तर, साउदी सरकारले नेपाललाई प्रतिब’न्धको सूचीमा राखेको छ या छैन भन्ने बारे केहि खुलाइएको छैन । यदि प्रतिब’न्धको सूचीमा नराखेको भएमा बिदामा गएका नेपाली कामदारहरुले सेप्टेम्बर १५ देखि साउदी प्रवेश गर्न अनुमति पाउने छन् ।

कोरोनाका कारण प्रतिबन्ध लगाएपछि नेपाली कामदार साउदी फर्कन सकेका छैनन् भने साउदीमा विभिन्न कारणले समस्यामा परेका वा रोजगारी गुमाएका हजारौँ नेपाली स्वदेश फर्कन पाएका छैनन् । यसअघि स्वदेश फर्कन नपाएको भन्दै कामदारहरुले नेपाल सरकार तथा साउदीस्थित नेपालीदूतावास बि’रुद्ध नाराबाजी गरेका थिए ।

प्रकाशित मिति २९ भाद्र २०७७, सोमबार १६:१८
Loading...