क्याप्टेन विजय लामालाई को’रोना संक्रमण पुष्टि,

२९ भदौ, काठमाडौं नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामालाई को’रोना भाइरसको संक्रमण पुष्टि भएको छ । दुई दिनअघि शान्ति सैनिकको टोलीलाई सुडान पुर्‍याएर फर्किएका उनले आइतबार स्वाब दिएका थिए । आइतबार उनको रिर्पोट पोजेटिभ आएको नेपाल एयरलाइन्सका एक वरिष्ठ अधिकारीले जानकारी दिए । अहिले उनी सोल्टी होटेलमा छन् ।

उद्धार उडान शुरु भएसँगै नेपाल एयरलाइन्सले आफ्ना कर्मचारीलाई सोल्टीमै क्वारेन्टिनमा राख्दै आएको छ । यसअघि पनि नेपाल एयरलाइन्सका एक दर्जन उडान कर्मचारीमा को’रोना देखिएको थियो । क्याप्टेन लामासँगै ककपिटमा रहेका अर्का क्पाप्टेनसमेत सं’क्रमित भएका छन् । दुबै जना सोल्टीको आइसोलेसनमा रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति २९ भाद्र २०७७, सोमबार ०८:०६
Loading...