प्राधिकरणका नयाँ कार्यकारी निर्देशक’को लागि क्याबिनेटमा यस्तो प्रस्ताव पठाइँदै,

काठमाडौं।  नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल आज (आइतबार) सकिँदैछ । २०७३ भदौ २९ मा कार्यकारी निर्देशक नियुक्त भएका कुलमान घिसिङको ४ वर्षे कार्यकाल आज सकिन लागेको हो । कुलमानले नियुक्ति हुँदा काठमाडौंमा १८ घण्टा लोडसेडिङ हुने गरेका थियो । तर, उनले कार्यभार सम्हालेसँगै काठमाडौंलाई लोडसेडिङ मु’क्त पारेका थिए । देशभर नै उनको योगदानले लोडसेडिङ हृन छोडेको भन्दै सर्वसाधरणले उनकै नियुक्ति हुनुपर्ने माग राखेका छन् ।

उर्जा मन्त्रालयले समेत कुलमानकै पुर्ननियुक्तिको प्रस्ताव तयार पारेको छ । कुलमानलाई नै दोस्रो कार्यकालका नियुक्त गर्न प्रस्ताव सोमबारको मन्त्रीपरिषद्को बैठकमा लगिने भएको छ । त्यसकारण प्राधिकरणका नयाँ कार्यकारी निर्देशकमा कुलमान नै नियुक्त हुन्छन् या अरु हुन्छन् भनेर निर्णय भोलि हुने भएको छ ।

सरकारले कुलमानलाई नदोहोर्‍याउने इच्छा गरेपनि जनस्तरबाट दोहोर्‍याउन दबाव छ । अर्को कार्यकालमा दोहोरिन घिसिङ आफैं पनि इच्छुक छन् । २०५१ सालमा सातौं तहको इन्जिनियरबाट नेपाल विद्युत प्राधिकरणमा प्रवेश गरेका घिसिङ २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा नियुक्त भएका थिए ।

 

प्रकाशित मिति २८ भाद्र २०७७, आईतवार १५:२५
Loading...