काठमाडौँको सडकमा नेपाली सेनाको जहाज गुडेपछि, हेर्नेको भि’ड

काठमाडौँ शनिबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाली सेनाको जहाज गुडाउँदै दरबारमार्गस्थित नारायणहिटी संग्राहलय लगिएको छ । भीभी आईपी सेक्युरिटीमा पहिला राजसंस्थाले प्रयोग गर्ने नेपाली सेनाको जहाज नारायणहिटी संग्राहलय लगिएको नेपाली सेनाका सहायकरथी तथा प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए । एभ्रो एयर क्राफ्टको जहाज सडकमा गुडाएरै आज रातिसम्म नारायणहिटी संग्रालय पुर्याइने पौडेलले बताए ।

उनले भने, ‘जहाजको पार्टपुर्जा निकालेर गुडाउँदै लगिएको छ ।’ जहाजलाई पाँच भागमा विभाजन गरेर खोलिएको पौडेलले जानकारी दिए। ‘आउट अफ फेज’ भएको जहाजलाई नारायणहिटी संग्राहलय पुर्याएपछि ‘एसेम्बल’ गरिने पौडेलले बताए । गुडाउँदै लैजाने क्रममा तीनकुनेस्थित गैह्रीधाराको मोडमा जहाज ठो’क्किएको छ। जहाज ठो’क्किएपछि एकछिन सडकमै रोकिएको थियो। नारायणहिटी संग्रालयमा राखिने नेपाली सेनाको जहाज घुम्न जाने सर्वसाधारणले हेर्न पाउनेछन् । यो कुनै समय नेपाली सेनासँग भएको सबैभन्दा बढी क्षमता भएको जहाज हो ।

 

प्रकाशित मिति २७ भाद्र २०७७, शनिबार १८:२७
Loading...