भोलिदेखि १० दिनका लागि बजार बन्द हुने, आकस्मिक बैठकको यस्तो आयो निर्णय

दाङ । रुकुमपूर्वमा समुदाय स्तरमै को’रोना भाइरस पुष्टि भएपछि रुकुमकोट बजार १० दिनसम्म सिल गरिएको छ ।शुक्रबार र शनिबारमा पाँच जना प्रहरी, दुई जना व्यापार व्यवसायी, एक जना बैंकका कर्मचारी र बाँकी पाँच जना क्वारेन्टिनका गरी दुई दिनमा १३ जनालाई को’रोना भा’इरस पुष्टि भएपछि जिल्ला को’भिड–१९ सं’कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को आ’कस्मिक बैठकले सिस्ने गाउँपालिका–५ र ६ अस्थायी जिल्ला सदरमुकाम रुकुमकोट बजार १० दिनसम्म सिल गरिएको हो ।

एक जना सुरक्षाकर्मी, एक जना राष्ट्रीय वाणिज्य बैंकका कर्मचारी, एक जना स्थानीय व्यापारी र एक जना काठमाडौंमा व्यापार व्यवसायी गरिरहेका हाल स्थायी घर आएका व्यक्तिमा सं’क्रमण देखिएपछि जो’खिम बढेको भन्दै जिल्लाभरीमै नि’षेधाज्ञा जारी रहेको र थप रुकुमकोट बजारलाई शनिबार देखि असोज ५ गतेसम्म सिल गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिए ।

प्रकाशित मिति २७ भाद्र २०७७, शनिबार १५:५४
Loading...