कतारमा रहेका नेपालिहरुको लागि आयो खु’शिको खबर, अब सातामा ३ उडान हुने।

कतार एयरवेजले काठमाडौं बाट सातामा ३ वटा उडान सुरुवात गर्ने घोषणा गरेको छ । को’रोना भा’इरसका कारण ब’न्द भएको अन्तर्राष्ट्रिय उडान खुलेसँगै एयरलाइन्सले हाललाई सातामा ३ वटा उडान गर्ने घोषणा गरेको हो । काठमाडौं विमानस्थलबाट हुने उडान एयरलाइनको अत्याधुनिक बोइङ ७८७ ड्रीमलाइनर विमान र एयरबस ए ३२० एयरक्राफ्टद्वारा हुनेछ ।

संस्कृति, पर्यटन र नागरिक उ’ड्डयन मन्त्रालयको निर्देशन अनुसार विमानमा नेपाली नागरिक, संयुक्त राष्ट्र विशेष संगठनहरू, विकास परियोजनाका साझेदारहरू, नेपालमा कार्यरत सबै दूतावासहरुले नि’र्धारित मापदण्ड पालना गरी यात्रा गर्न सक्नेछन् । यस्तै नेपाल आउने सबै यात्रीहरूले निर्धारित उडान समयको ७२ घण्टा भित्र गरिएको आरड्रीटी,,पीसीआर परीक्षणको ने’गेटिभ रिपोर्टको साथै अनलाइन फारम पूरा गरेको हुनुपर्नेछ ।

प्रकाशित मिति २६ भाद्र २०७७, शुक्रबार १७:५३
Loading...