भो’कमारी सहन नसकेपछि अशोक दर्जीले गरे आ’त्म ह’त्या,

विराटनगर मोरङको सुन्दरहरैचा नगरपालिका  १० सुकुम्बासी बस्तीका ४७ वर्षीय अशोक दर्जीको दैनिकी दुःख सुख चलेकै थियो । मजदुरी गरेर ६ जनाको परिवार पालेका थिए । राम्रो कमाइ हुने भन्दै विदेश जान लागेकी श्रीमतीलाई दलालले दिल्ली पुर्‍याए । दिल्ली पुगेको केही दिनपछि लकडा’उन सुरु भयो र श्रीमती दिल्लीमै अ’लप’त्र छिन् । निर्माण क्षेत्रमा म’जदुरी गर्ने अशोकले पनि काम पाएनन् । आम्दानीको बाटो ब’न्द भयो, परिवारमा भो’कमरी नै लाग्ने स्थिति आयो ।

ल’कडाउन पाँच महिना सं’घर्ष गरेका उनले दुई छोरी र एक छोराको पेट पाल्न घरमा भएको ग्यास सिलिण्डर पनि बेचे । त्यतिञ्जेल पनि काम पाएनन् । अशोकले मंगलबार आ’त्म ह’त्या गरेपछि १७ र १५ वर्षकी छोरी र १३ वर्षका छोराको बि’चल्ली भएको छ । जेठी छोरीको भने विवाह भइसकेको छ ।

‘हामी घरमा पुग्दा छातीमा राख्ने चामल पनि थिएन’ स्थानीय अगुवा कुमार मिजारले भने ‘सहयोग संकलन गरेर पोष्टमार्टम पछि दा’हसंस्कार गरियो ।’ उनका अनुसार दर्जी केही महिना अघिसम्म ठेला चलाउँथे । तर ठेला बेचेर निर्माण क्षेत्रमा म’जदुरीको काम सुरु गरेका उनको काम ल’कडाउनले रोक्यो । ‘अति वि’पन्न परिवार थियो, छोराछोरीले मा’गेर पनि गु’जारा गर्नुपर्ने अवस्था आएको रहेछ’ कुमारले भने, ‘घरको अवस्था हेर्दा भो’कमारी सहन नसकेर बि’त्नुभयो जस्तो लाग्छ ।’

दर्जीकी माइली छोरी अ’पाङ्ग छिन् । तीन छोरी र १३ वर्षीय छोरा बुबाको किरिया बसेका छन् । ‘विदेश जाने भन्दै दिल्ली गएकी आमा (अशोककी श्रीमती) उतै बेखर्ची हुनुहुन्छ’ कुमारले भने, ‘परिवारको विजोग देखेर किरिया खर्चका लागि सहयोग संकलन गरेर उपलब्ध गराएका छौं, अन्य संघ संस्थाले पनि सहयोग गरे ।’

 

 

 

प्रकाशित मिति २६ भाद्र २०७७, शुक्रबार १४:३८
Loading...