नेपाली जनता भोक-भोकै बस्नु पर्दैनः प्रधानमन्त्री ओली !

काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनता कसैलाई भोकै बस्न नदिन सरकार लागिपरेको बताएका छन् । अर्थमन्त्रीको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री ओलीले आइतबार निजी क्षेत्रका नेतृत्वकर्ता सँगको छलफलमा नेपाली जनता कसैलाई भोकै बस्न नदिन सरकार लागिपरेको भन्दै स्थानीय प्रशासन, प्रहरी र स्थानीय तह समक्ष वास्तविक स’मस्या राख्नसमेत आह्वान गरे । उनले नागरिकको जीवन बचाउन नै मुख्यरूपमा सरकारले ध्यान दिएको जनाउँदै स्व’तन्त्रताको असन्तुलित वकालतले ठूलो क्ष’ति भोग्नुपर्ने तर्फ ध्यानाकर्षण गराएका छन् ।

प्रधानमन्त्री ओलीले को’भिड –१९ बारेको सूचना प्रवाहले भयावह तस्वीर प्रस्तुत गरेर जनजीवनलाई आ’त’ङ्कित गर्न नहुने बताए । प्रधानमन्त्री ओलीले उद्योग व्यवसायलाई स’मस्यामा पर्न नदिन सरकार दृढ रहेको प्रष्ट्याउँदै केवल कर असूलीमा मात्र ध्यान नदिइएको तथ्यमा पनि प्रकाश पारे । काम गरेर खान नेपालमा स’मस्या नरहेको स्थिति स्पष्ट पार्दै उनले भने “भौतिक ‘श्रम गर्न विदेश जाने कुरामा अब खासै आकर्षण छैन, युवाहरूलाई यो अ’वस्था बुझेर देशभित्र क्रि’याशील हुन पनि आह्वान गर्दछु ।

छिमेकी भारतले धेरै रकम रेमिटान्स भित्र्याउनेमध्ये छैटौँ मुलुक नेपाल रहेको यथार्थले हामीकहाँ कामको कमी छैन ।”छलफलमा उद्योगी तथा व्यवसायी भवानी राणा, राजेशकाजी श्रेष्ठ, सतीश मोर, हरिभक्त शर्मा र शेखर गोल्छाले सुझाव प्रस्तुत गरेका थिए । त्यसक्रममा उद्योगी व्यवसायीले नि’षेधाज्ञा खुकुलो पारेर अर्थतन्त्रलाई चलायमान बनाउन र को’रोनालाई हौवाको विषय नबनाउन प्रधानमन्त्रीसमक्ष आग्रह गरेका थिए ।

 

 

 

 

 

प्रकाशित मिति २५ भाद्र २०७७, बिहीबार १७:२३
Loading...