अब एक जिल्लाबाट अर्को जिल्ला जानलाई सरकारले बनायो यस्तो नियम,

काठमाडौँस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक ठाँउबाट अर्काे ठाँउमा जाँदा अनिवार्य रुपमा क्वारेन्टीनमा बस्नुपर्ने नियम बनाएको छ । विदेशबाट आउने वा एक जिल्लाबाट अर्को जिल्लामा जाने ब्यक्ति अनिवार्य १४ दिन क्वरेण्टीनमा बस्नुपर्ने भएको हो । क्वारेन्टीनमा बस्दै गर्दा १४ दिन सम्म कुनै ल’क्षण नदेखिएमा परिक्षण आवश्यक  नपर्ने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । १४ दिन क्वरेण्टीनमा बस्दा आफैले सम्पूर्ण ख’र्च बेहोर्नुपर्ने मन्त्रालयले जनाएको छ ।

को’रोना भा’इरसको स’ङ्क्रमण फैलिँदै गएको र पीसीआर परीक्षण महँगो पर्ने भएकाले १४ दिन अनिवार्य क्वरेण्टीनमा बस्नुपर्ने नियम बनाएको उनले बताए । यस्तै ७२ घण्टा अघिको पीसीआर रिपोर्ट ने’गेटिभ भएकालाई मात्र नेपाल आउन अनुमति दिइने मन्त्रालयले जनाएको छ । विहिबार नेपालमा को’रोना भा’इरसका १२४६ नया सं’क्रमित थपिएका छन् । यो सँगै नेपालमा संक्र’मितको संख्या ५० हजार ४६५ पुगेको छ । नेपालमा कोरोनाको कारण मृ’त्यु हुनेहरुको संख्या ३१७ पुगेको छ । विहिबार १८ सय १८ जना निको भइ घर गएका छन् । यो सँगै नेपालमा कोरोना मु’क्त हुनेहरुको संख्या ३५ हजार ७ सय पुगेको छ ।

यता काठमाडौमा भने सं’क्रमित दैनिक रुपमा बढीरहेका छन् । उपत्यकामा हालसम्मकै धेरै को’रोनाका बिरामीहरु भेटिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार र काठमाडौँ जिल्लामा मात्रै ४९५ जना, ललितपुरमा ४३ जना तथा भक्तपुरमा ३४ जनामा को’रोना सं’क्रमित भेटिएका छन् । राजधानीका तीन जिल्लामा गरी उपत्यकामा ५७२ जनामा को’रोना पुष्टि भएको हो ।

 

प्रकाशित मिति २५ भाद्र २०७७, बिहीबार १६:५०
Loading...