‘दाल भात तरकारी’को धमाकेदार शीर्ष गीत सार्वजनिक, आँचलको नयाँ अवतार !

काठमाडौं, चैत ५
बहुप्रतीक्षित फिल्म ‘दाल भात तरकारी’को शीर्ष गीत सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच सो फिल्मको गीत सार्वजनिक गरिएको हो ।

उक्त गीतमा संगीतकार शम्भुजित बाँस्कोटाको संगीत रहेको छ । गीत भने हरिवंश आचार्यले लेखेका हुन् । गीत राजेश पायल राई र स्मिता दाहालले गाएका हुन् । प्रवीनसिंह गीतका कोरियोग्राफर रहेका छन् ।

निर्माण पक्षले गीत सार्वजनिक गर्दै पूर्वनिर्धारित रिलिज मितिसमेत परिवर्तन गरेको छ । यसअघि वैशाख १३ लाई रिलिज हुने घोषणा भएको फिल्म अब एक साता पर सरेको छ । फिल्म वैशाख २० गतेबाट प्रदर्शनमा आउनेछ ।

सार्वजनिक शर्ष गीतमा फिल्मका मुख्य कलाकार आँचल शर्मा, पुष्पल खड्कादेखि लिएर निरुता सिंह, हरिवंश अचाार्यलगायतले निकै तामझामसाथ नाचेका छन् ।

प्रकाशित मिति ५ चैत्र २०७५, मंगलवार १५:२६
Loading...