काठमाडौं उपत्यकामा कुन बार के के व्य’वसाय खो’ल्न पा’इने ? हेर्नुहोस्

२४ भदौ, काठमाडौं काठमाडौं उपत्यकाभित्र बार अनुसार व्या’पार तथा व्यवसाय स’ञ्चालन गर्न पाइने भएको छ । स्वा’स्थ्य स’म्बन्धी मा’प’द’ण्ड अपनाउँदै सपिङमल, फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिक लगायतका पसलहरु साताको सोमबार, बुधबार र शनिबार मात्र खोल्न पाइने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जानकारी दिएको छ ।

यसैगरी भाँडा र भान्साजन्य साथै सोही प्रकृतिका अन्य पसलहरु साताको आइतबार, मंगलबार र शुक्रबार मात्र खोल्न पाइने छ । यसैगरी फर्निचर र अटो मोवाइल सम्बन्धी पसल साताको सोमबार र बुधबार मात्र खोल्न पाइने छ । उपत्यकामा सञ्चालित डिपार्डमेन्टल स्टोर र सपिङ मल सञ्चालनका लागि पनि  बिहान ११ बजेसम्म र साँझ फेरि ४ बजेपछि समय निर्धारण गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको सूचना अनुसार बिहीबारदेखि भदौ ३१ गतेसम्म लागू हुने गरी स्वास्थय तथा जनसंख्या मन्त्रालयले तोकेको मापदण्ड अपनाइ यसअघि नि’षेधित अधिकांश विषयहरुलाई सहजीकरण गर्दै व्यापार तथा व्यवसाय सञ्चालन गर्न पाइने छ ।

भदौ ३ गतेदेखि लागू गरिएको नि’षे’धा’ज्ञा पटक पटक थप गरिएको थियो । तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले मंगलवार विभिन्न सरोकारवालाहरूसँग छलफल तथा परामर्श गरेपछि नि’षे’धाज्ञालाई खुकुलो बनाउने निर्णयमा आज पुगेका हुन् ।

प्रकाशित मिति २४ भाद्र २०७७, बुधबार १४:१२
Loading...