उपत्यकामा पसलहरु मापदण्ड पालना गरेर खोल्नको लागि समय निर्धारण गरियो,

२४ भदौ, काठमाडौं काठमाडौं उपत्यकामा अत्यावश्कीय वस्तु वा सेवाको पसलहरु बिहान र साझँ खोल्न पाइने भएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले जारी गरेको नि’षेधाज्ञा सम्बन्धी नयाँ आदेशअनुसार खाद्य वस्तु, दूध र दूधजन्य पदार्थ, फलफूल, तरकारी, माछामासु पसलहरु दुई पटक खुल्नेछ । अव स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर विहान ११ बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म खोल्न पाइनेछ ।

भदौ ३ गतेदेखि लागू गरिएको नि’षेधाज्ञा पटक पटक थप गरिएको थियो । तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले मंगलवार विभिन्न सरोकारवालाहरूसँग छलफल तथा परामर्श गरेपछि नि’षे’धाज्ञालाई खुकुलो बनाउने निर्णयमा आज पुगेका हुन् । ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले भने, “निर्णय भइसकेको छ । केही समयमा के केमा नि’षेध र फूकुवा हो सार्वजनिक गर्छौं ।”

प्रकाशित मिति २४ भाद्र २०७७, बुधबार १३:४३
Loading...