काठमाडौँमा भोलिदेखि जोर’विजोर प्रणालीमा सवारी साधन चल्ने व्यापार व्यवसाय पनि मापदण्ड पूरा गरेर सञ्चालनमा ल्याउन दिइने,

काठमाडौँ । आज मध्यरातदेखि सकिने काठमाडौँ उपत्यकाभित्र जारी नि’षे’धाज्ञा खुकुलो बनाइने भएको छ । तीन सातासम्म नि’षेध गरिएको निजी तथा सार्वजनिक सवारी साधनलाई जोरबिजोर प्रणालीअनुसार सञ्चानलमा ल्याउने भएको छ । त्यसैगरी व्यापार व्यवसाय पनि मापदण्ड पूरा गरेर सञ्चालनमा ल्याउन दिइने भएको छ । तर मानिसहरुको भीडभाड हुने क्षेत्रहरु भने खुला गरिएको छैन ।

यसैगरी उपत्यकामा सञ्चालित डिपार्डमेन्टल स्टोर र सपिङ मल सञ्चालनका लागि पनि समय निर्धारण गरिएको छ ।  बिहान ११ बजेसम्म र साँझ फेरि ४ बजेपछि पनि सञ्चालनको अनुमति दिएको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले भने, “निर्णय भइसकेको छ । केही समयमा के केमा नि’षेध र फूकुवा हो सार्वजनिक गर्छौं ।”

भदौ ३ गतेदेखि लागू गरिएको नि’षेधाज्ञा पटक पटक थप गरिएको थियो । तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले मंगलवार विभिन्न सरोकारवालाहरूसँग छलफल तथा परामर्श गरेपछि नि’षे’धाज्ञालाई खुकुलो बनाउने निर्णयमा आज पुगेका हुन् ।

प्रकाशित मिति २४ भाद्र २०७७, बुधबार १२:५०
Loading...