आज बढ्यो सुनको मू’ल्य, तोलाको कति ?

काठमाडौँ मंगलबार ३ सय रुपैयाले घटेको सुनको मूल्य बुधबार तोलामा ६०० रुपैयाँले बढेको हो । आज छापावाला सुन प्रतितोला ९६ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार ९०० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन मंगलबार सुन प्रतितोला ९५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी चाँदीको मूल्य पनि बुधबार तोलामा पाँच रुपैयाँले बढेको छ । मंगलबार तोलामा १० रुपैयाँले घटेको चाँदी यस दिन पुन पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार ३१५ रुपैयाँ पुगेको हो । सुनको मूल्यमा घटबढ भइरहेपनि नि’षेधाज्ञा तथा महामारीको कारण कारोबार भने ठप्प जस्तै छ ।

 

प्रकाशित मिति २४ भाद्र २०७७, बुधबार ०८:२८
Loading...