को’रो’ना भा,ईरस खोपको परीक्षण रोकियो,

अक्सफोर्ड विश्वविद्यालयले एस्ट्राजेनेकासँगको सहकार्यमा बनाएको को’रोना भाइरसवि’रुद्ध खोपको अ’न्तिम चरणको मानवीय परीक्षण तत्कालका लागि रोकिएको छ । बेलायतमा भइरहेको तेस्रो चरणको बिस्तारित मानवीय परीक्षणको क्रममा खोप दिइएका व्यक्तिमा ग’म्भीर प्रतिक्रिया देखिएपछि तत्कालका लागि परीक्षण रोकिएको हो ।

एस्ट्राजेनेकाले खोप लिएका व्यक्तिमा असामान्य बिमारी देखिएकाले परीक्षण तत्कालका लागि रोखिएको छ । को’रोना भा,इरसविरुद्धको खोपको परीक्षण भइरहँदा त्यसको नतिजालाई विश्वले नियालिरहेको छ । एस्ट्राजेनेका–अक्सफोर्ड विश्वविद्यालय खोपलाई विश्वभर विकास गरिँदै गरेका खोपहरुमध्ये सबैभन्दा आश गरिएको र चाँडो उपलब्ध हुने खोपका रुपमा अपेक्षा गरिएको थियो ।

मानवीय परीक्षणको पहिलो र दोस्रो चरणमा राम्रो नतिजा आएपछि यो खोपलाई लिएर विश्वभर अपेक्षा बढेको थियो । तर तेस्रो चरणको परीक्षणमा ग’म्भीर रियाक्सन देखिएको हो । वैज्ञानिकहरुले रियाक्सनको अध्ययन गरिरहेका छन् । तेस्रो चरणको परीक्षणमा ३० हजार मानिसको सहभागिता रहेको छ अमेरिका, बेलायत, ब्राजिल र दक्षिण अफ्रिकामा । तेस्रो चरणको परीक्षण ठूलो संख्यामा गरिन्छ र सामान्य अवस्थामा धेरै वर्ष लाग्छ ।

तर को’रोना भाइरसको खोप निर्माणका लागि वैज्ञानिकहरुले तीव्र गतिमा काम गरिरहेका छन्। तत्कालका लागि रोकिएको परीक्षण रियाक्सनको कारण थाहा हुने वित्तिकै सुरु हुने निर्माताले बताएका छन् । खोपको परीक्षण रोकिएको सम्बन्धी खबर सबैभन्दा पहिले स्वास्थ्य सम्बन्धी खबर प्रदान गर्ने वेबसाइट स्टाट न्यूजले प्रकाशित गरेको थियो ।

 

 

प्रकाशित मिति २४ भाद्र २०७७, बुधबार ०३:१५
Loading...