सा’वधान ! यस्ता खानेकुरा खानाले तीब्र रुपमा कपाल झर्छ,

एजेन्सीमानिसको कपाल झर्ने कारण उसले खाएको खानेकुरा र गर्ने हेरचाहमा निर्भर रहन्छ । तालु खुइलिनु पनि एउटा रोग नै भएको चिकित्सकहरु बताउँछन् ।  कतिपयले तालु खुइलिनुलाई बुद्धि र विवेकको क्षमतासँग दाँज्ने गरेका छन् । तर, यो वास्तविकता होइन । खासमा तालु २ प्रकारले खुइलिन्छ । सिकाट्राइसियल र नन–सिकाट्राइसियल ।

सिकाट्राइसियलमा जन्मजात स’मस्या, सुन्निएको अवस्था, कोठी , चोटपटक वा क्या’न्सरका कारण तालु खुइलिने हुन्छ । नन–सिकाट्राइसियलमा कहिलेकाहि सानो भाग मात्र खुइलिन्छ भने कहिले पूरा भाग नै । खुइरे भनिने सानो भाग खुइलिने रोग वंशाणुगत गुण, मानसिक रोग वा ढुसी सं’क्रमणका कारण देखिन्छ । त्यस्तै पूरा भाग चाहिँ एलोपेसिया युनिभरसालिसका कारण खुइलिने हुन्छ ।

पूरा भाग खुइलिएपछि रौंका जरा नष्ट हुन्छन् । जसको कारण कपाल पलाउन सक्दैन र तालु चिल्लो देखिन्छ । नन सिकाट्राइसियल रोगमा रौंका जरा हुने भएकाले पुनः पलाउन सक्छन् । कपाल समयपूर्व नै झर्नु आजकाल सबैभन्दा ठूलो स्वास्थ्य सम्बन्धमध्येको एक हो । कपाल झर्नुका पछाडि धेरै कारण हुनसक्छ जसमा रो’ग र बंशानुगतका साथै खानपिन पनि समावेश छन् ।

के खानाले कपाल झर्ने गर्दछ ?

पेस्ट्रीज र केक यसमा हुने मैदा र चीनिले एन्ड्रोजन हर्मोनको स्तर बढाउँछ । यसले तीब्र रुपमा कपाल झर्छ ।  तारेका खानेकुरा यसमा अत्यधिक तेल हुन्छ जसले टाउकोको कपालको प्वाल बन्द हुन्छ जसका कारण कपाल तीब्र रुपमा झर्ने गर्दछ । सेतो पाउरोटी, पास्ताजस्ता खानामा पाइने स्टार्च चीनीमा परिवर्तन हुन्छ जसले कपाल पातलो हुन थाल्छ । आलू यसमा स्टार्चको मात्रा अत्यधिक हुन्छ जसले इन्सुलिनको स्तरलाई बढाउँछ र कपाल धेरै झर्छ । मिठाई  यसले ब्लड सुगर लेभल बढ्छ जसले हेयर फोलिकल्स खुम्चिने गर्दछ र कपाल झर्ने गर्दछ । कार्बोनेटेड ड्रिङ्क्स सोडा, कोलाजस्ता ड्रिङ्क्समा अत्यधिक चीनि र एसिडिक क्वालिटी हुन्छ । यसले कपाल धेरै झर्छ । रक्सी यो पिउँदा शरिरमा जिंकको शेचन स्लो हुन्छ जसले कपाल अत्यधिक झर्छ ।

 

प्रकाशित मिति २३ भाद्र २०७७, मंगलवार १२:१९
Loading...