पछिल्लो २४ घण्टामा ९०२ जनामा को’रोना सं’क्रमण पुष्टि, कहाँ कति सं’क्रमित थपिए हेर्नुहोस् ।

२३ भदौ, काठमाडौं पछिल्लो २४ घण्टामा ९०२ जनामा कोरोना भाइरस (कोभिड-१९) को सं’क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशलामा १० हजार ६११ नमुना परीक्षण गर्दा ३०७ महिला र ५९५ पुरुषमा सं’क्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ । उनीहरुमध्ये ३०६ जनाको मृ*त्यु भएको छ भने ३२ हजार ९६४ जना कोरोना मुक्त भएका छन् ।

कहाँ कति संक्रमित थपिए ?

काठमाडौं उपत्यकाका थप ३९६ जनामा को’रोना भाइरस (कोभिड-१९) को सं’क्रमण पुष्टि भएको छ । काठमाडौंका ३००, भक्तपुरका ५८ र ललितपुरका ३८ जनामा सं’क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै कैलालीका ७७ जना, मोरङका ५१, सुनसरीका ३८, धनुषाका ३३, कास्कीका ३०, मकवानपुरका २४, रुपन्देहीका २१, चितवनका २०, सप्तरी, गोरखा र सुर्खेतका १८/१८ जना, झापाका १६, पर्साका १४, ओखलढुंगाका १३, बाराका १२, बाग्लुङका १० र कञ्चनपुरका ९ जनामा को’रोना संक्रमण पुष्टि भएको छ ।

रौतहट, धादिङ र रामेछापका ८/८ जना, नवलपुर र बर्दियाका ७/७ जना, सर्लाहीका ६, बाँकेका ५, महोत्तरी र सिराहाका ४/४ जना, नुवाकोट, तनहुँ र दाङका ३/३ जना, उदयपुर, काभ्रे, दोलखा र लमजुङका २/२ जना तथा इलाम, सिन्धुपाल्चोक, पर्वत, स्याङ्जा, अर्घाखाँची, कपिलवस्तु, गुल्मी, नवलपरासी, रोल्पा र दैलेखका १/१ जनामा पनि सं’क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

 

 

प्रकाशित मिति २३ भाद्र २०७७, मंगलवार ११:२०
Loading...