फेरी घ’ट्यो सुनको मुल्य, तोलाको कति ?

काठमाडौँ सोमबार स्थिर रहेको सुनको मुल्य मंगलबार तोलामा ३०० रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघले आज छापावाला सुन प्रतितोला ९५ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार ३०० रुपैयाँ तोकेको छ। यसैगरी, चाँदीको मुल्य पनि मंगलबार तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार ३१० रुपैयाँ निर्धारण गरिएको छ।

अन्तरराष्ट्रिय बजारमा पनि सुनको भाउमा निरन्तर गि’रावट आएको छ। मंगलबार प्रति अउन्स एक हजार ९२६ डलरमा सुन खरिदबिक्री भइरहेको छ। यस्तै, चाँदीको भाउ मंगलबार प्रति अउन्स २६ डलर बराबारमा कारोबार भइरहेको छ। करिब एक बर्षदेखी सुनको मूल्यमा निरन्तर उतारद्धढाव आइरहेको छ । मूल्य घटबढ भएपनि सुनको कारोबार भने ठप्प छ।

प्रकाशित मिति २३ भाद्र २०७७, मंगलवार १०:००
Loading...