सार्वजनिक भयो फिल्म ‘लभ स्टेसन’को दोस्रो गीत (भिडियोसहित)

काठमाडौं, चैत ५
प्रदीप खड्का र जसिता गुरुङ अभिनित फिल्म ‘लभ स्टेसन’को दोस्रो गीत सार्वजनिक भएको छ । सो फिल्मको ‘मेरो आँगनीमा’ बोलको गीत सोमबार सार्वजनिक भएको हो ।

उक्त गतीमा शम्भुजीत बाँस्कोटाले संगीत भरेका छन् भने सुरेश लामाले गाएका हुन् । फिल्म ‘लभ स्टेसन’का निर्देशक उज्ज्वल घिमिरेले लेखेका हुन् ।

सार्वजनिक गीतको भिडियोमा नायक प्रदीप खड्का र जसिता गुरुङलाई देख्न सकिन्छ ।

भिडियो :

प्रकाशित मिति ५ चैत्र २०७५, मंगलवार ०३:५०
Loading...