नेपालमै बन्यो को’रो’नाको आर्युवेदिक औषधी, परिक्षणको तयारी गरिँदै

काठमाण्डौ। जडिबुटीबाट बनेको कोरोना भाइरस वि’रुद्धको आर्युवेदिक औषधी नेपालमा तयार भएको जनाइएको छ । उक्त औषधीको परीक्षण अघि बढाइएको सरकारले जनाएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव रहेका कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीका अनुसार उक्त औषधी परीक्षणको अनुमति पाइसकेकाले प्रदेश ५ का अस्पतालहरूका एक् सय भन्दा बढी बिरामीहरुमा परीक्षण गरिँदैछ। उनका अनुसार जेठीमधु र त्रिकटुको मिश्रण बनाएर तयार गरिएको उक्त आयुर्वेदिक औषधी बिरामीलाई खाना खानुअघि खुवाउने हो। जसमा मरीच, पिप्ली (पिप्ला) र सुठो (सुकेको अदुवा) बराबर मात्रामा मिलाएर त्रिकटु बनाइने उनले जानकारी दिए।

डा. ज्ञवालीले भने, “सम्पूर्ण प्रक्रिया पूरा गरेर प्रदेश ५ को समन्वयमा त्यहाँका आयुर्वेदिक केन्द्रका डाक्टरहरू र काठमाण्डूबाट गएको अनुसन्धान टीमको संलग्नतामा आजभोलिमै औषधी दिने योजना छ।“ तर त्यो औषधी ग’म्भीर स’मस्या देखिएकाहरूलाई भने नदिइने उनले बताए । उक्त औषधीबारे यसअघि चीन र भारत लगायतका देशमा पनि अनुसन्धान र अध्ययन भएको र त्यसको साइड इफेक्ट नभएको उनले जानकारी दिए।

अहिले प्रयोगमा रहेको रेम्डेसिभिरको तुलनामा उक्त औषधी सस्तो पनि हुने डा. ज्ञवालीको भनाइ छ। उक्त औषधी अहिले एकसय जनामा परीक्षण गर्ने अनुसन्धान परिषद्को योजना छ। त्यसको गम्भीर साइड इफेक्ट नरहेको स्वास्थ्य अधिकारीहरूले जनाएको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति २२ भाद्र २०७७, सोमबार १४:३६
Loading...