भदौ २४ देखि काठमाडौंमा नि’षे’धाज्ञा हट्ने संकेत,

काठमाडौं सरकारले भदौ २४ देखि काठमाडौं उपत्यकामा निषेधाज्ञाको अवधी थप नगर्ने योजना बनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली आफैंले काठमाडौं उपत्यकामा अहिलेकै स्वरुपमा अब नि’षे’धाज्ञाको अवधी थप नहुने सं’केत गर्नुभएको हो । सत्तारुढ नेकपाको डेढ महिनादेखि स्थगित स्थायी कमिटी बैठक भदौ २६ गते आयोजना गरेर प्रधानमन्त्री ओलीले २४ पछि नि’षे’धाज्ञा अ*न्त्य हुने संकेत दिनुभएको हो ।

सोमबार बिहान नेकपाका अध्यक्षद्वय ओली र दाहालबीच भएको छलफलपछि स्थायी कमिटी २६ गते राख्ने सहमति भएको हो । प्रधानमन्त्री ओलीले नि’षे’धाज्ञा अ*न्त्य भएपछि मात्र स्थायी कमिटी बैठक आयोजना गर्ने भन्दै आउनुभएको थियो । यसअघि आइतवार आयोजित व्यवसायीहरूसँगको छलफलमा पनि प्रधानमन्त्री अब नागरिकको जीवन र व्यवसाय पनि बचाउने गरी ‘मध्यमार्गी बाटो’ खोज्ने बताउनुभएको थियो । छलफलका क्रममा नि’षे’धाज्ञा हटाएर व्यवसाय सञ्चालन गर्न दिने विषयमा आफू सकरात्मक रहेको प्रधानमन्त्री ओलीले बताउनुभएको छलफलमा सहभागी उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति २२ भाद्र २०७७, सोमबार १२:४६
Loading...