चान्स पाए भने नेपाललाई स्विजरल्यान्ड बनाउँछु, बामदेव गौतम

काठमाडौँनेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतम आउँदो हप्ता राष्ट्रियसभा सदस्य बन्ने निश्चित भएको छ। उनी सांसदमा सिमित हुनका लागि मात्र अगाडि नबढेको देखिइसकेको छ। गौतमको चाहना उपप्रधानमन्त्रीसहित अर्थमन्त्री बन्ने देखिएको छ।

बामदेवले अर्थमन्त्रालयको जिम्मेवारी पाएमा के के गर्ने भन्ने सम्मको तयारी गरिरहेको बुझिएको छ। आर्थिक मामलाका जानकार नभएपनि उनले नेकपाको चुनावी घोषणापत्र अनुसारको बजेट प्रस्तुत गर्ने तयारी गरेका छन्।

गौतमले संविधानमा उल्लेख भए अनुसार समाजवाद उन्मुख देश बनाउन आर्थिक नीति लागु गर्ने सम्मको तयारी गरेका छन्। गौतमको यी तयारीका बाबजुद उनी अर्थमन्त्री बन्ने निश्चित भने छैन। प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थ मन्त्रालय आफैसँग राखेका छन्।

डा. युवराज खतिवडाको राजीनामा लगत्तै उनले आफूसँग राखेको अर्थ मन्त्रालयको जिम्मेवारी गौतमलाई दिने संकेत गरेका छैनन्। तर, गौतमलाई सरकारमा लाने कि नलाने भन्ने विषयले नेकपाभित्र वि’वाद जन्माउने सम्भावना भने देखिएको छ।

प्रकाशित मिति २१ भाद्र २०७७, आईतवार १९:०१
Loading...