भाद्र-२२ सोमबार हेर्नुहोस तपाईंको राशीफल,

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,):

स्वास्थ्यमा आउने सम’स्याका कारण कामहरु प्रभावित हुनेछन्। आत्मबल तथा मनोबल कमजोर हुने हुदा आटिला तथा पराक्रमि क्रिर्याकलापमा पछि परिनेछ। समाजमा तपाईको कामको आ’लो’चना हुनेछ। आफन्त तथा पुर्वजहरुसँग सामान्य कुरामा पनि ठुलै मत’भेद रहनेछ। माया प्रेममा सामान्य बि’वाद सिर्जना भएपनि अन्तमा एक अर्कालाई बिश्वास गर्दै छुट्टिन पाउदा मन प्रशन्न रहनेछ।

बृष (,,,,वा,वी,वू,वे,वो):

धार्मिक तथा सामाजिक काममा सक्रिय रहदा रहदै दिन बि’त्नेछ। आर्थिक अवस्था सुदृड बनाउन गरिएका पेशा व्यावसाय स्वत स्फुर्त रुपमा सञ्चालन हुने हुदा दैनिक खर्च सजिलै धान्न सकिनेछ भने केहि रकम बचत गर्न सकिनेछ।पढाई लेखाईमा अलि बढि समय खर्चिने हो भने नतिजा आफैतिर ल्याउन सकिनेछ। माया प्रेममा एक अर्काला बुझ्न समय लागेपनि सम्बन्ध प्रगाड हुनेछ। बिदेशमा बसेर काम गर्नेहररुका लागि दिन प्रभावकारी रहनेछ।

मिथुन (का,की,कू,,,,के,को,हा):

व्यावसाय फस्टाएर जानेछ भने दैनिक कारोबार बढ्ने योग रहेकोछ। बिशिष्ट व्यात्तिहरुको भेटघाटले व्यावसायमा लगानि बढाउन सहयोग पुग्नेछ। सामाजिक क्षेत्रमा तपाईलाई सबैले मान्नेछन् भने नेतृत्व लिनु पर्ने अवस्था आउनेछ।जनताको कामहरु समयमा गर्न सकिने हुनाले ईज्जत प्रतिष्ठा बढेर जानेछ। प्रेममा उच्च सफलता प्राप्त हुनेछ भने लामो समय देखिको प्रेमलाई बिवाहमा परिणत गर्ने सहमति आफन्तबाट प्राप्त हुनेछ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो):

सरकारि तथा पैत्रिक धन तथा सम्पति प्रयोग मार्फत रोेजगारि सिर्जना गरि मनग्गे लाभ लिन सकिनेछ। बौद्धिक क्षमतामा बृद्धि हुनाले राजनितिमा आजको दिन पद पाउने योग रहेकोछ। प्रतिष्ठित व्याक्तिको सहयोगले उपलब्धिमुलक कामहरु बन्ने तथा सामाजिक क्षेत्रमा नाम कमाउन सकिनेछ। स’त्रु परास्त हुनेछने भने बिद्या तथा प्रतिश्पर्धामा तपाईकै नाम आउनेछ।  छोटो समयमा नाम तथा दाम कमाउँन सकिने हुँदा मन प्रशन्न रहनेछ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे):

समयले साथ दिने हुदा सानो प्रयत्नले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ। धर्म तथा धर्म बिश्तारको लागि समय दिनु पर्नेछ भने सस्कार परिवर्तनमा तपाईको भुमिका महत्वपुर्ण हुनेछ। लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ। प्रशासनिक क्षेत्रमा तपाईको उच्च स्तरको सहभागिता रहनेछ। प्रेममा रमाउन चाहनेहरका लागि समयले साथ दिनेछ।

कन्या (टो,पा,पी,पू,,,,पे,पो):

व्यापारमा मनग्गे लाभ हुनेछ भने अकस्मात आम्दानिमा बृद्धि हुनेछ। अध्ययनमा सुधार भएर जाने योग रहेकोछ। स्वास्थ्यमा सामान्य समस्या आएपनि हल गर्दै अगाढि बढ्न सकिनेछ। दिदि बहिनीहरुको समयोग पाईने हुदा मन प्रशन्न रहनेछ। चिट्ठा तथा उपाहार प्राप्तीको गतिलो योग रहेकोछ। आम्दानिमा बृद्धि हुने हुदा दैनिकक जीवन सहज रुपमा जीउन सकिनेछ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते):

सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। विभिन्न सहयोग र उपहार पाइनेछ। आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ। रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ। कामबाट पनि फुर्सद पाइनेछ। व्यापारकै शिलशिलामा यात्रा हुने योग रहेकोछ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू):

कुनैपनि प्रतिष्पर्धामा तपाईको नम अग्र स्थानमा आउनेछ। बि’छो’ड भएका आफन्त हरुसँग भेट घाटले मन प्रफुल्लित हुनेछ। व्यापार व्यावसाय फस्टाएर जानेछ भने आय आर्जनका स्रोतहरु बढ्नेछन्। सरकारि कार्यालयमा सामान सप्लाई गर्दै हुनुहुन्छ भने मनग्गे आम्दानि हुनेछ। प्रेममा नजिक हुने योग रहेकोछ। पुराना ऋण तथा रोगबाट छुटकारा पाईने समय रहेकोछ।

धनु (ये,यो,भा,भी,भू,,फा,ढा,भे):

सन्तान बृद्धिको योग रहेकोछ धने सन्तानको प्रगति देख्न पाईनेछ। धर्म शाष्त्र तथा अध्यात्म ज्ञानमा बिषेश चासो बढ्नेछ। प्रेम गर्ने जोडिहरुले आफ्ना भावना खुलेरै साटासाट गर्नको लागि समयले साथ दिनेछ भने उपाहार पाईने हुनाले मन प्रशन्न हुनेछ। नयाँ काम पाउने तथा नोकरिमा बढुवा हुने योग रहेकोछ। सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ।

मकर (भो,जा,जी,जू,जे,जो,,खी,खू,खे,खो,गा,गी):

आमा,आफन्त तथा सहयोगीबाट भनेजस्तो सपोर्ट पाईने हुँदा मन प्रशन्न रहनेछ। घर जग्गा तथा सवारि साधन जोड्न सकिनेछ। समाजमा जनताको काम गर्दा पद प्रतिष्ठा कमाउन सकिनेछ। कृषि तथा पशुपालन व्यावसायबाट राम्रो आम्दानि हुनेछ। जीवन साथिले हर क्षेत्रमा सहयोग गर्ने तथा माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्न सकिनेछ। अध्ययनमा अलि बढि समय दिन सक्दा प्रगति गर्न सकिनेछ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा):

उद्योग तथा व्यापारमा लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ। आर्थिक क्षेत्रमा फड्को मार्न सकिने तथा आर्थिक अवस्था सुधार्न चालिने कदमबाट सकारात्मक नतिजा आउनेछ। पढाइ लेखाइमा भनेजस्तो नतिला हात पार्न सकिने हुँदा दाजुभाई तथा आफन्तहरु खुसि हुनेछन्। विवाद तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउने हुनाले मन प्रशन्न रहनेछ। प्रेममा नजिक हुने समय रहेकोछ।

मीन (दी,दू,,,,दे,दो,चा,ची):

व्यवसायमा लगानि बढाई प्रशस्त आम्दानि गर्न सकिनेछ। बोलिको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुनेछन्। खोज तथा अनुशन्धानको क्षेत्रमा खर्चियको समयबाट सकारात्मक नतिजा आउने हुनाले मन प्रशन्न हुनेछ भने अध्यन तथा अध्यापनको क्षेत्रमा अरुभन्दा अगाडि बढि नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ। पछि सम्म आम्दानि हुने व्यावसायमा लगानि बढाउन सकिनेछ। पारिवारका साथ रहेर मिष्टान्न भोजन गर्ने अवसर मिल्नेछ।

 

 

 

 

 

 

 

प्रकाशित मिति २१ भाद्र २०७७, आईतवार १८:२०
Loading...