आज पनि घट्यो सुनको मुल्य, तोलाको कति तोकियो ?

काठमाण्डौ केही दिन देखी सूनको मूल्यमा निरन्तर गि’रावट आइरहेको छ । आज २१ गते आइतबार सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको हो। यस दिन छापावाला सुन प्रतितोला ९६ हजार १०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार ६०० रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला ९६ हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

चाँदीको भाउ भने आइतबार वृद्धि भएको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार ३२० रुपैयाँ निर्धारण गरिएको छ । गत साताको मंगलबार एक हजार ३९५ रुपैयाँसम्म पुगेको चाँदीको भाउ त्यसयता भने गि’रावट भएको देखिन्छ । मूल्य घटबढ भइरहेको भएपनि सुनचाँदीको कारोबार भने देशभर नै ठप्प छ ।

प्रकाशित मिति २१ भाद्र २०७७, आईतवार ०६:१८
Loading...