को’रो’ना सं’क्रमणमुक्त यी ६ जिल्ला,

काठमाडौं । देशका विभिन्न ६ जिल्ला कोरोनाभाइरस संक्रमणमुक्त रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सङ्क्रमितको शून्य सङ्ख्या भएका जिल्ला ताप्लेजुङ, सोलुखुम्वु, मुगु, मुस्ताङ, डोल्पा र हुम्ला रहेका छन् ।

यस्तै गत २४ घण्टामा कोरोनामुक्त भई घर फर्किनेको सङ्ख्या एक हजार ५६६ छ । यस्तै कोभिड–१९ बाट मुक्त हुनेको सङ्ख्या औषतमा ६० प्रतिशत छ । मन्त्रालयका अनुसार गत २४ घण्टामा काठमाण्डौँ उपत्यकामा ४०८ सहित देशभर एक हजार ४१ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

प्रकाशित मिति २० भाद्र २०७७, शनिबार १८:४३
Loading...