सार्वजनिक भयो छमछम नचाउने ‘जात्रै जात्रा’को गीत (भिडियोसहित)

काठमाडौं, चैत ४
बहुचर्चित फिल्म ‘जात्रा’को सिक्वेल ‘जात्रै जात्रा’ले आफ्नो पहिलो गीत प्रस्तुत गरेको छ । आइतबार काठमाडौंमा एक कार्यक्रममार्फत् निर्माण पक्षले सो फिल्मको ‘माया पिरिम’ बोलको गीत सार्वजनिक गरेको हो ।

सार्वजनिक गीतमा विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, दयाहाङ राई, करिष्मा मानन्धर, निश्चल बस्नेत, वर्षा राउत, सारा सिर्पालीले नाचेका छन् ।

लेखु सहयात्रीले लेखेको सो गीतमा कृष्ण भारद्धाजले धुन भरेका छन् । गीत निशान भट्टराई र मनिषा पोखरेलले गाएका हुन् । भिडियोको कोरियोग्राफी कविराज गहतराजले गरेका छन् ।

सो फिल्म षट्कोण आर्टको ब्यानरमा निर्माण भएको भएको छ । फिल्मलाई निर्देशक प्रदीप भट्टराईले निर्देशन गरेका छन् ।

यस फिल्मका लागि यसअघि आगामी वैशाख २७ लाई प्रदर्शन मिति तोकिएको थियो । तर, सो मिति परिवर्तन गर्दै पुनः जेठ २३ गतेलाई प्रदर्शन मिति तोकिएको छ ।

फिल्ममा राजाराम पौडेल, प्रकाश घिमिरे, सोहित मानन्धर, कालु राना, अंशु महर्जन, कृष्णभक्त महर्जन, कवीन्द्र त्रिपाठी, प्रेम पाण्डे, साजन थापा मगर, प्रियंका झालगायतका कलाकार अभियन छ ।

प्रकाशित मिति ४ चैत्र २०७५, सोमबार ११:१९
Loading...