इन्टरनेटमा स*मस्या किन आउछ ? यसो भन्छन् सेवा प्रदायक,

काठमाडौं सेवा प्रदायकले विदेशबाट ल्याउने ब्यान्डविथ, विभिन्न सर्भर र मोबाइल एपलगायतमा आउने समस्याका कारण इन्टरनेटको स्पीड स्लो हुनसक्ने बताएका छन। प्रविधि पत्रकार मञ्च (टीजेएफ) नेपालले गरेको भर्चुअल अन्तरक्रियामा उनीहरुले इन्टरनेट स्लो हुनुमा आफुहरुको मात्रै कमजोरी नभएको पनि प्रष्ट पारेका छन् ।

सुबिसु केवल नेट प्रालीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनयमोहन साउदले भारतका टाटा, एअरटेललगायतका कम्पनीमा सम’स्या आउँदा, कुनै सेवा क्षमता भन्दा धेरै प्रयोग हुँदा र उपभोक्ताले प्रयोग गर्ने डिभाइसको गुणस्तर आदि कारणले पनि इन्टरनेट स्लो हुन सक्ने बताए। “ग्राहकको गुनासो जायज नै हो,इन्टरनेट सेवा प्रदायकले चर्को प्रति’ष्पर्धाका कारण आफूसँग भएको क्षमताभन्दा धेरै एमबीपीएस दिन्छु भनेका पनि हुन स’क्छन्, तर धेरै सम’स्या हाम्रो कारणले मात्रै आएका हुँदैनन्, हामी त उपभोक्ता र सर्भर वा एपबीचको पुल मात्रै हौं, तीन पक्षमध्ये एउटामा सम’स्या आयो भने इन्टरनेट स्लो हुन्छ” साउदले भने।

सिइओ साउदले ग्राहकको गुनासो सम्बोधनका लागि सबै सेवा प्रदायकले काम गरिरहेका र यसमा आफूहरुको पहलले मात्रै पूर्ण समाधान नआउने बताए। उनले कुनै बेला फेसबुक, युटुब, टिकटक लगायतका प्लेटफर्ममै सम’स्या आएको अवस्थामा पनि उपभोक्ताले इन्टरनेट सेवा प्रदायकलाई दो’षी ठान्ने गरेको गुनासो गरे । उनले भने, “अहिले टिकटकका कारण नै इन्टरनेट स्लो भएको छ,भोलि यस्तै अर्को एप आउला, धेरै इन्टरनेट खपत गर्ने साइट आउला, त्योबेला पनि इन्टरनेट केही स्लो हुन सक्छ, त्यसैले यसको गुनासो पूर्णरुपमा समाधान हुन स’क्दैन, हामीले कम गर्दै लैजाने हो ।

उनका अनुसार अहिले नेपालमा इन्टरनेटको खपत धेरै बढेपनि त्यसलाई व्यवस्थापन गर्ने पूर्वाधार र उपकरण छैनन्, व्यान्डविथ पनि विदेशबाट ल्याउनुपर्ने बा’ध्यता छ,ठूला प्लेटफर्मका सर्भर र एक्सचेञ्ज नेपालमा राख्न सकेमा इन्टरनेट सेवा प्रदायकलाई गरिने आलोच ना केही कम हुनेछ । कोभिड–१९ महामारी रोकथाम र नियन्त्रणले देशभर लागू गरिएको बन्दाबन्दी र नि’षेधा’ज्ञा’का कारण सर्वसाधारण घरभित्रै बस्नुपर्दा इन्टरनेटको स्पीडमा थप स’मस्या भएको छ ।

विशेषगरी टिकटक, फेसबुक र युटुबका प्रयोगकर्ताको सङ्ख्या र चलाउने समय पनि बढेकाले इन्टरनेट पु¥याउन हम्मे–हम्मे परेको सुबिसु केवल नेट प्रालीका सीईओ साउदको भनाइ छ। लकडाउनपछि सुबिसु केवल नेटको मात्रै २२देखि २५ जीबीपीएस व्यान्डविथ को माग बढेको उनले जानकारी दिए । “लकडाउनअघि एउटा ग्राहकले महिनाभरमा झण्डै तीन सय जीबीपीएस इन्टरनेट खपत हुन्थ्यो, अहिले पाँचदेखि छ सय जीबीपीएस खपत भइरहेको छ, प्रायः जसो प्रयोगकर्ता कै कारणले पनि इटरनेट केही स्लो भएको हुन सक्छ, यो कुरा उहाँहरुले पनि बुझिदिँदा राम्रो हुन्छ”, सीईओ साउदले भने । रासस

 

प्रकाशित मिति २० भाद्र २०७७, शनिबार १७:४३
Loading...