भोलि’देखि पसल त’था व्य’वसाय दिनभर संचालन गर्न दिने प्रशासनको निर्णय,

भैरहवा रुपन्देहीमा दिनभर व्यापार व्यवसाय संचालन गर्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको छ । तेस्रो चरणमा लगाइएको निषेधाज्ञा समयावधि शनिबार राति १२ बजे सकिदैछ ।

तीन चरणमा २० दिनसम्म लगाइएको निषेधाज्ञामा पनि सं’क्रमणको ग्राफ बढ्दो छ । भोलिदेखि दिनभर व्यापार व्यवसाय संचालन गर्न पाउने गरी चौथो चरणको अगामी भदौ २८ गतेसम्म नि’षे’धा’ज्ञाको आदेश गरेको प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिनुभयो ।

पन्थले जारी गरेको आदेशमा नि’षे’धा’ज्ञा अवधिमा अति आवश्यक दैनिक उभो’ग्य वस्तु र सेवा बिहान ९ बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म संचालन गर्न सकिने उल्लेख छ।

यस्तै भी’डभा’ड नहुने गरी सरकारी कार्यालयले सेवा प्रवाह गर्ने, बैंक वित्तीय संस्थाले नियमित सेवा दिनसक्ने लगायत आदेश दिइएको छ । प्रशासनले बजार खोल्न अनुमति दिएपनि मु’ख्य राजमार्ग र अत्यावश्यक बाहेक सबै प्रकारका निजी तथा सार्वजनिक यातायात संचालनमा भने रोक लगाएको छ ।

प्रकाशित मिति २० भाद्र २०७७, शनिबार १५:०४
Loading...