शनिबार देशभर १ हजार ४१जना कोरोना संक्रमित थपिए,

शनिबार देशभर कोरोनाका १ हजार ४१ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएको जानकारी दिए।

यीसहित हालसम्म संक्रमितको संख्या ४५ हजार ५ सय ७७ पुगेको छ। पछिल्लो २४ घण्टामा १५ सय ६६ जना कोरोनाबाट मुक्त भई घर फर्किएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या २७ हजार १ सय २७ पुगेको छ।

पछिल्लो २४ घण्टामा १२ हजार ४ सय ७३ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ७ लाख ५७ हजार बढीको पिसिआर परीक्षण भएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा मृ*तक ९ जनामा कोरोना पुष्टि भएको छ। यीसहित कोरोनाबाट हालसम्म मृ*त्यु हुनेको संख्या २ सय ८० पुगेको छ।

पछिल्लो २४ घन्टामा काठमाडौंमा थप ४ सय ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। त्यसमध्ये काठमाडौंका ३ सय २६ , ललितपुरका ३७ जना र भक्तपुरका ४५ जना छन्। उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो।

 

 

प्रकाशित मिति २० भाद्र २०७७, शनिबार १०:५९
Loading...