चितवनमा भदौ ३१ सम्मका लागि निषेधाज्ञा,

चितवनमा भदौ ३१, सम्मका लागि निषेधाज्ञा लम्बिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञा केही खुकुलो बनाउँदै भदौ ३१ गतेसम्म थप गर्ने निर्णय गरेको हो।

अब जिल्लामा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म किराना पसल, निर्माण सामग्री पसल, फेन्सी तथा कपडा पसल सञ्चालन गर्न पाइने छ। कोरोना संक्रमण बढ्दै गइएकाले निषेधाज्ञाको अवधि थप गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए।

भरतपुर महानगरपालिकामा साउन ३१ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो। पछि प्रशनसनले जिल्लाभर निषेधाज्ञा जारी गरेको थियो। चितवनमा कोरोना संक्रमितको संख्या ९३३ पुगेको छ। भरतपुर महानगरमा मात्रै ५९४ जनामा संक्रमण पुष्टि भएको छ। १२ जना संक्रमितको मृ*त्यु भइसकेको छ ।

 

प्रकाशित मिति १९ भाद्र २०७७, शुक्रबार १६:५३
Loading...