शुक्रवार देशभर १३ सय ५९ जना नया संक्रमण पुष्टि,

शुक्रवार काठमाण्डौ उपत्यकामा ४५४ जना संक्रमित फेला परेका छन् । ३८६ जना काठमाण्डौमा, ललितपुरमा ३२ र भक्तपुरमा ३६ जना संक्रमित भेटिएका हुन् । त्यसैगरी शुक्रवार देशभर कोरोनाभाइरसका १३ सय ५९ जना नया संक्रमित फेला परेका हुन् । गत २४ घण्टामा १३ हजार ६३८ परिक्षण गरिएकोमा सो मात्रामा संक्रमितहरु देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

यो सँगै नेपालमा कोरोना संक्रमित हुनेहरुको संख्या ४४ हजार २३६ पुगेको छ । ४६४ महिला र ८९५ जना पुरुष शुक्रवार संक्रमित भएका हुन्् । हालसम्म क्वारेन्टीनमा ६५६१ जना रहेका छन् । २४ घण्टामा १३५४ निको भइ घर गएका छन् । यो सँगै नेपालमा २५हजार ५६१ जना निको भएका छन् ।

 

प्रकाशित मिति १९ भाद्र २०७७, शुक्रबार ११:३७
Loading...