अन्तत- अमेरिकाले तयार पार्यो कोरोनाको भ्याक्सिन,

काठमाडौं। कोरोना कहरको चर्को महामारी खेपेको अमेरिकाले कोरोना विरुद्धको भ्याक्सिन तयार पारेको छ । अमेरिकाको संघीय सरकारले नोभेम्बर १ देखि कोरोनाविरु,द्धको खोप लगाइने हुनाले सबै राज्यलाई खोपका लागि तयार रहन अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका निर्देशक रोबर्ट रेडफिल्डले निर्देशन दिएको बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका निर्देशक रोबर्ट रेडफिल्डले निर्देशन दिँदै नोभेम्बर १, २०२० सम्म यी खोप केन्द्रहरुलाई पूर्णरुपमा सञ्चालनमा ल्याउन भनेका छन् ।

अमेरिकाको केन्द्रिय सरकारले भ्याक्सिन विकास र निर्माणका लागि मेरिल्यान्डको गिथर्सबर्गस्थित नोभाभ्याक्स कम्पनीलाई १।६ अर्ब डलर सहयोग गरेर जतिसक्दो छिटो भ्याक्सिन निर्माण गर्न भनेको थियो । अन्तराष्ट्रिय समाचार एजेन्सीका अनुसार यो खोप तीन साताभित्र दुई डोजका रुपमा दिइनेछ।

प्रकाशित मिति १९ भाद्र २०७७, शुक्रबार ११:१२
Loading...