आज पनि घट्यो सुनचाँदी को मूल्य,

काठमाण्डौ नेपाली बजारमा केही दिन देखि लगातार घटेको सुनको मूल्य आज पनि घटेको छ। विहिबार ७ सयले घटेको सुनको मुल्य शुक्रबार पनि घटेको हो।

आज सुन तोलामा एक सय रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९६ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार ९०० रुपैयाँ तोकिएको छ।

यसैगरी, चाँदीको मूल्य पनि पछिल्लो तीन दिनदेखि लगातार घटेको छ। शुक्रबार चाँदी तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला एक हजार ३१० रुपैयाँ निर्धारण गरिएको छ। अन्तरराष्ट्रिय बजारमा पनिसुनचाँदीको भाउ पछिल्लो समय यता घटिरहेको छ जसको प्रभाव नेपाली बजारमा पनि परेको हो।

प्रकाशित मिति १९ भाद्र २०७७, शुक्रबार ०९:३३
Loading...