नेपालमा सस्तो विधि हुँदाहुँदै किन महँगो परिक्षण गरिदैछ ? सस्तो विधिमा खर्च कति लाग्छ ?

काठमाण्डौ केही महिना अघि सम्म पशुपतिनाथले मात्रै भएपनि देशलाइ कोरोनाबाट बचाउँछन् भन्ने अभिब्यक्तिहरु सामाजिक सञ्जालमा प्रशस्त भेटिने गरेका थिए । तर समय घर्किँदै जाँदा नेपालमा कोरोनाको धागो सर्किदै गयो । अब भयाभहको अवस्थामा हामी छौ । विश्वका अधिकाशं देशहरु महामारीले रोइरहेको समयमा नेपालमा कोरोनाका एक दुइ संक्रमितहरुर मात्रै देखिने गरेका थिए । करिब ३ महिना सम्म नेपालमा कोरोनाको प्रकोप आएन । त्यसैले पनि नेपाललाइ कोरोनाले दया गरेको हो भन्न सकिन्छ । जस्तो सुकै शक्ति सम्पन्न देशलाइ पनि नछोडेको कोरोना महामारीले अन्तिममा हाम्रो देशलाइ पनि बाँकी राखेन । यसको भयाभह रुप हामी प्रत्येक दिन भोगिरहेका छौ ।

स्वास्थ्य सामग्री खरिदमा करोडौ कमिशनखोरी चल्ने कारणले गुणस्तरीय स्वास्थ्य सामग्रीको विषयमा बारम्बार प्रश्न उठ्ने गरेको छ । हाल देशमा कोरोना परिक्षण अलिक फराकिलो बनाउने बाहेक अरु केही पनि काम हुन सकेको छैन । बिरामीलाइ परिक्षण नगरी घर पठाउने देखी पर्याप्त आइसोलेनहरु नहुँदा संक्रमित घरमै बसिरहेका छन् । त्यसैमाथी सिकिस्त बिरामीहरुले पनि उपचार पाइरहेका छैन् । नेपालमा हाल एक र्यापिड डाइग्नोस्टिक टेस्ट आरडिटी बन्द गरिएको छ । गलत नतिजा दिने कारणले यो परिक्षण रोकिएको हो । त्यसपछि हाल पिसिआर विधिबाट परिक्षण गरिएको छ । जसले गर्दा देशको अरबौ धनराशी विदेशिइरहेको छ । सरकारले केही हप्ता अघि मात्रै पिसिआर परिक्षणमा १३ अर्ब खर्च भएकोे र एक जना संक्रमित भेटाउन कम्तीमा १ लाख ४ हजार रुपैया खर्च भएको हिसाब बताएको थियो ।

कमिसनको खेलमा महँगो परिक्षण !
स्वास्थ्य जस्तो संवेदनशिल त्यसैमाथी यस्तो महामारीको कारण सरकार र स्वास्थ्य सम्बद्ध अधिकारीहरु भ्रष्ट्राचारमा लिप्त भएको प्रष्टै देखिन्छ । नेपालमा पिसिआर मँहगो भएको र गरिब देशले यो धान्न नसक्ने भएको कारण अत्यन्तै सस्तो विधिबाट परिक्षण गर्न सकिने विधि पनि रहेको स्वास्थ्य क्षेत्रका विज्ञहरुले बताउने गरेका छन् । विश्वभर नै पिसिआर विधिबाट परिक्षण अधिक भएको कारण यसलाई चाहिने विभिन्न सामाग्रीहरु (जस्तै भिटिएम, स्वाब, एक्स्ट्राक्सन् रिएजेन्ट, प्लास्टिक कन्सुमेबल इत्यादि) को सुलभ तथा सुपथ आपूर्तिमा धेरै सम’स्याहरु रहेका छन् । त्यसैले अब पिसिआरको विकल्प खोज्नुको उपाय छैन् । यसबिच धेरै देशहरुमा सफल भएको उपाय हो – डाइरेक्ट पिसिआर । जो हाल प्रचलित आरटि पिसिआर भन्दा पैसा र समय दुवैले सस्तो छ । हाल प्रचलनमा रहेको आरटी–पीसीआर परीक्षण विधिमा स्वाबले बिरामीको घाँटीबाट नमुना संकलन गरिन्छ र त्यो स्वाबलाई भिटिएममा राखि प्रयोगशालामा पठाइन्छ। प्रयोगशालामा पहिला नमुनामा भएका भाइरसहरुका आनुवंशिक तत्व (आरएनए) एक्स्ट्राक्सन् गरेर निकालिन्छ। यसरी निकालिएको आरएनएको आरटी(पीसीआर गरेर नमुनामा कोरोना भाइरस भएरनभएको पत्ता लगाइन्छ। कोरोना भाइरस भेटिएको खण्डमा बिरामीमा कोभिड १९ रोग भएको पुष्टि हुन्छ। विश्वमा सफल मानिएको यो डाइरेक्ट पिसिआर नेपालमा ल्याएको खण्डमा यसबाट धेरै परिक्षण गर्न सकिन्छ । जसले गर्दा कोरोना महामारी नियन्त्रणमा सफलता प्राप्त गर्न सकिन्छ । त्यसैमाथि आर्थिक रुपमा पनि सस्तो त हुने नै भयो ।

कसरी हुन्छ परिक्षण ?
शुरुमा बिरामीको नाकको पछिल्लो भित्री भागबाट संकलन गरेको नेजोफेरेञ्जेल स्वाब भिटिएम बिनाको ट्युबमा संकलन गरिन्छ र प्रयोगशाला पठाइन्छ। नमुनाहरु २५ डिग्री भन्दा कम तापक्रम भएको कोठामा राखिन्छ । उक्त ट्युबलाइ केही समय तताइन्छ र त्यसमा यदि भाइरस भएको खण्डमा त्यो निष्क्रय हुन्छ । यसरी एक्स्ट्राक्सन नगरी निष्क्रिय बनाइएको भाइरसलाई किटको निर्देशन बमोजिम आरटीपिसिआर गरी नमुनामा कोरोना भाइरसको आरएनए रहेरनरहेको पत्ता लगाएर पिसिआर रिपोर्ट गरिन्छ। त्यहीबाट पोेजेटिभ या नेगेटिभ पत्ता लाग्छ । यो विधिमा आरटी पिसिआर परिक्षणमा जति नै जोखिम या सुरक्षा हुन्छ, त्यही मात्रामा सुरक्षा या जोखिम हुन्छ । टेक्निसियन या स्वास्थ्यकर्मीले आवश्यक सुरक्षासामग्री प्रयोग गरी परिक्षण गर्दा भाइरसको जोखिम पनि हुँदैन । अर्काे कुरा तताएर भाइरस मारिने भएको कारण प्रयोगशालाबाट संक्रमण फैलने सम्भावना पनि नगण्य बराबर हुन्छ । यो विधि आरटी पिसिआर सँग ९८ प्रतिशत समान रहेको अध्ययनहरुले प्रमाणित गरेका छन् ।

खर्च कति लाग्छ ?
यो विधिबाट परिक्षण गर्न नया उपकरण केही पनि आवश्यक पर्दैन । धेरै परिणाममा गरिनुपर्ने कोभिड १९ को परीक्षणमा परीक्षण खर्च जोगाउन सके नेपालको अर्थतन्त्रलाई सहयोग हुने देखिन्छ। ड्राई स्वाब नमुना संकलन गरेर डाइरेक्ट पिसिआर विधि अपनाउँदा भिटिएम तथा एक्स्ट्राक्सन प्लाटफर्म र रिएजेन्ट नचाहिने हुँदा परीक्षण खर्च आधाले कम हुन्छ। हाल प्रति परीक्षण ४ हजारभन्दा बढी परीक्षण शुल्क लाग्छ भने ड्राई स्वाब नमुना संकलन गरेर डाइरेक्ट पिसिआर विधि अपनाउँदा प्रति परीक्षण शुल्क अधिकतम दुई हजारदेखि दुई हजार पाँच सय मात्र लाग्छ। जसले सरकारको धेरै धन जोखिनेमा कुनै सन्देह छैन् । यो विधि अपनाउन सकेमा धेरैको परिक्षण हुने र महामारी नियन्त्रण चाँडै हुने निश्चित छ ।

 

प्रकाशित मिति १९ भाद्र २०७७, शुक्रबार ०५:५०
Loading...