फेरि पनि घट्यो सुनको मूल्य, आज तोलाको मूल्य यस्तो छ,

काठमाडौँ नेपाली बजारमा केही दिन देखि लगातार घटेको मूल्य आज पनि घटेको छ । आज सुनको मूल्य प्रती तोलामा  ७ सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोलामा ७ सय रुपैंयाले घटेर ९६ हजार ५ सय कायम भएको छ । त्यस्तै आज ते’जाबी सुनको मूल्य पनि तोलामा ७ सयले घटेर ९६ हजार कायम भएको छ ।

गत महिना लगातार उकालो लागेर १ लाख ३ हजार ५ सय सम्म पुगेको सुनको मूल्य पछिल्ला दिनमा भने घट्ने क्रममा रहेको छ । लगातार बढेर रेकर्ड बनाएको सुनको मूल्य घटेसँगै अहिले भने केही कारोबार भइरहेको ब्यबसायीहरु बताउँछन् ।

प्रकाशित मिति १८ भाद्र २०७७, बिहीबार ०६:५८
Loading...