टिकटकसँगै पब्जीपनि देशभरी प्रतिब’न्ध लगाउने निर्णय,

काठमाडौ केही दिन अघि मात्र टिकटकमाथी प्रतिबन्ध लगाएको भारतले पब्जीसहित थप ११८ चिनियाँ एपमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ। भारतको इलेक्ट्रोनिक्स एन्ड आइटी मन्त्रालयले बुधबार ती एपमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको भारतीय सञ्चारमाध्यहरूले जनाएका छन्।

लद्धाखमा भारत र चिनियाँ सैनिकबीच पछिल्लो झ ‘डप भएपछि भारतले थप चिनियाँ एपमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो। यसअघि गत जुन १५ मा लद्धाखमा चिनियाँ सैनिकसँगको झ डपमा २० भारतीय सैनिकको मृ*त्यु भएको थियो। त्यसपछि भारतले टिकटकसहित ५९ चिनियाँ एपमा प्रतिब’न्ध लगाएको थियो।

यसअघि भारतले टिकटकसहित दर्जनौँ चिनियाँ एपहरुमा प्रतिब’न्ध लगाएको थियो । राष्ट्रिय सुरक्षाको कारण देखाउँदै भारत सरकारले ती एपहरुमा प्रतिब’न्ध लगाएको बताएको छ । मिडिया रिपोर्टका अनुसार भारत सरकारले यसअघि नै ५९ वटा चिनियाँ एपहरुमा प्रतिब’न्ध लगाएको छ ।

त्यस्तै अर्को चर्चित एप विच्याट पनि प्रतिब’न्ध भएको छ । लद्दाखमा भएको घट’नापछि दुई देशको सम्बन्धमा सुधार आउने संकेतहरु नदेखिएको अधिकारीहरुले जनाएका छन् ।

 

प्रकाशित मिति १८ भाद्र २०७७, बिहीबार ०२:२९
Loading...