भाइरल हुनलाई टिकटक मा यस्तो सम्म गरे ( हेर्नुहोस भिडियो )

काठमाडौं, १७ भदौ / बुधबार दिउँसोदेखि सामाजिक सञ्जालमा एक सरकारी गाडीको भिडियो भाइरल भइरहेको छ । हस्त चौलागाईं नाम गरेको अकाउन्टबाट टिकटकमा अपलोड गरिएको भिडियोमा चालकले गाडी स्टार्ट गरेर कच्ची बाटोमा छाडिदिएको छ । भिडियोमा कर्णाली प्रदेश गाडी नं ०२-००१ झ ००९१ नम्बरको गाडीको दुरुपयोग गरिएको छ ।

चालकले कच्चि बाटोमा गाडी स्टार्ट गरेर आफू गाडीको अगाडि बस्न गएको देखिन्छ । सामाजिक सञ्जालमा उक्त भिडियोलाई लिएर अहिले धेरैले का’रबाहीको माग समेत गरिरहेका छन् ।

टिकटकमा भाइरल हुनकै लागि सरकारी गाडीको दुरुपयोग गरेर भिडियो बनाएको हुनसक्ने धेरैले अनुमान गरेका छन् । चालक बिना गुडिरहेको गाडी सडकबाट छेउतिर गइसकेको अवस्थामा फेरि चालकले नियन्त्रण गरेको देख्न सकिन्छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला।

 

प्रकाशित मिति १७ भाद्र २०७७, बुधबार १८:५५
Loading...