व्यस्त जीवनशैली, खानपिन, बसाइ नमिल्नु आदि कारणले पछिल्लो समय धेरै मानिसमा ढाड दुख्ने समस्या बढ्दो छ । अस्पतालमा सानो बच्चादेखि वृद्ध उमेरसम्मका मानिस ढाडको समस्या लिएर पुग्ने गरेका छन् ।
त्यसमा पनि युवा पुस्ताका मानिसमा मेकानिकल ब्याकपेन देखिने गरेको छ । यहाँ ढाड के कारणले दुख्छ भनेर चर्चा गरिएको छ ।
बसेर बत्ती कात्ने महिलामा ज्यादा ढाड दुख्ने समस्या हुन्छ । महिनावारी सुकेका महिलामा पनि यो समस्या धेरै रहन्छ ।
कम्प्युटरमा बढी समय काम गर्ने, सुतेर पढ्ने, सुतेर काम गर्ने, सुतेर मोबाइल चलाउने, सुतेर टिभी हेर्ने बानी हुने मानिसलाई यो समस्या झन् धेरै हुन्छ ।
सैलुनमा बढी समय काम गर्ने, पार्लर चलाउनेहरूमा पनि ढाड दुख्ने समस्या देखिनछ ।
मोटरसाइकल तथा कुटर लामो समय चलाउने युवा–युवतीमा पनि मेकानिकल ब्याकपेन समस्या बढी देखिन्छ ।
– लामो समयसम्म कुर्सीमा बसेर काम मानिसमा यसको जोखिम अझ बढी हुन्छ । त्यसैले कुर्सीमा लामो समयसम्म बसेर काम गर्ने मानिसले बेला–बेला उठेर यताउता हिँड्डुल गर्नु उत्तम मानिन्छ ।
– त्यसैगरी, अगाडि धेरै झुकेर काम गर्ने मानिसमा पनि ढाड दुख्ने समस्या रहन्छ ।
– शरीरमा क्याल्सियमको कमी हुँदा पनि ढाड दुख्ने समस्या बढ्छ ।
प्रकाशित मिति १० फाल्गुन २०७५, शुक्रबार १६:४५