काठमाडौं उपत्यकामा १५ दिन क*र्फ्यु आदेश जारी गर्न सुझाव,

१७ भदौ, काठमाडौं । उपत्यकामा नगरपालिका फोरमले निषे’धाज्ञाको सट्टा क*र्फ्यु आदेश जारी गर्नुपर्ने बताएको छ । नगरपालिका फोरमका सचिव एवम् मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले फोरमको भर्चुअल बैठकले उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई क*र्फ्यु आदेश जारी गर्न सुझाव दिएको बताए ।

फोरमका सचिव श्रेष्ठले केही दिन अत्यावश्यक सामग्री किनमेलका लागि सहज बनाई थप १५ दिन क*र्फ्यु आदेश जारी गरे मात्रै कोभिड -१९ संक्रमणलाई नियन्त्रणमा लिन सकिने बताए ।

अहिले १५ दिनसम्म भएको निषेधाज्ञाको अवस्थामा संक्रमण फैलिन नपाएको र अझैपनि मानिसहरु बाहिर निस्कने काम भइराखेकाले यसलाई रोकेर संक्रमणलाई पूर्ण रुपमा नियन्त्रणमा लिन क*र्फ्यु नै उत्तम विकल्प भएको बताएका छन ।

कोभिड १९ संक्रमण समुदाय स्तरमा फैलिसकेको अवस्थामा मानिसहरुको आवागमनलाई पूर्ण रुपमा नि’षेध नगरीकन नियन्त्रणमा लिन कठिन हुने पनि उनले बताए ।

कडा खालको निषे’धाज्ञाबाट विपन्न वर्गहरुमा समस्या पर्नेतर्फ उपत्यका नगरपालिका फोरम सचेत रहेको पनि उनले बताए । त्यसका लागि आफू बसेको वडा कार्यालयमा सम्पर्क गरे सहजै राहत उपलब्ध हुने पनि श्रेष्ठले बताए ।

प्रकाशित मिति १७ भाद्र २०७७, बुधबार १८:०९
Loading...