नेपाल एयरलाइन्सको नियमित हवाई उडानको भाडादर सार्वजनिक,

काठमाडौं नेपाल एयरलाइन्सले नियमित हवाई उडानको भाडादर सार्वजनिक गरेको छ ।

निगमका अनुसार वायुसेवा कम्पनीहरुले नियमित उडानका लागि हवाई भाडा निर्धारण गर्दा विभिन्‍न क्लासमा वर्गीकरण गरिएको हुन्छ । सोही अनुसार निगमले चार वटा गन्तव्यका लागि क्लासअनसारको भाडा तोकेको जनाएको छ ।

अब विदेशी एयरलाइन्सहरुले पनि निगमको भन्दा बढी भाडादर राखे उडान अनुमती नदिने पर्यटन मन्त्रालयले जनाएको छ । निगमले तोकेको भाडादर अनुसार विदेशी विमान कम्पनीहरुले पनि भाडादर राख्नुपर्ने छ ।

मन्त्रालयले यसअघि अब नियमित उडान हुने सक्टरबाट आउने विदेशी एयरलाइन्सले पनि निगमले तोकेको भाडादरमा नेपाल आउनुपर्ने निर्णय गरेको थियो । मन्त्रालयले बढी भाडा असुल्ने गरी नेपालमा उडानको अनुमति नदिन नेपाल नागरिक उडड्यन प्राधिकरणलाई निर्देशन दिएको छ ।

निगमले भनेको छ, “हवाई भाडामा सम्पूर्ण करसमेत समावेश भएकोले निगमले निर्धारण गरेको भाडादरभन्दा बढी रकम तिरी कसैले पनि टिकट खरीद नगर्न सम्बन्धित सबैलाई अनुरोध गर्दछौं । साथै उडान संख्या, यात्रु तथा वर्गीकृत क्लासमा तोकिएको सिट संख्याको उपलब्धताको अनुपातमा उल्लेखित भाडादर भने परिवर्तन हुन सक्नेछ ।”

प्रकाशित मिति १७ भाद्र २०७७, बुधबार १६:४४
Loading...