फेरि बढ्यो पेट्रोलको मूल्य, प्रतिलिटरको भाउ यस्तो छ !

काठमाडौँ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले मंगलबार राती १२ बजेदेखि लागू हुनेगरि पेट्रोलमा २ रूपैयाँले मूल्य बढाएको छ ।

निगमका अनुसार डिजल मट्टितेल, हवाइ इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत् रहेको छ ।

इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य केही हेरफेर भएर आएका कारण पेट्रोलको मूल्य बढाइएको  निगमले बताएको छ ।

यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १ सय ५ रूपैया  थियो भने अब एक सय ७ रुपैयाँ प्रति लिटर पुगेको  छ ।

प्रकाशित मिति १६ भाद्र २०७७, मंगलवार १७:०९
Loading...