सुनको मूल्य फेरि वृद्धि, तोलामा कति पुग्यो ?

काठमाडौं नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य ९७ हजार ५०० रुपैयाँ रहेको छ ।

यसअघि आइतबार सुनको मूल्य ९७ हजार २०० रुपैयााँ रहेको थियो । यस्तै आज तेजावी सुन तोलामा ९७ हजार रुपैयाँ रहेको छ ।

यस्तै आज चाँदीको मूल्य पनि समान्य वृद्धि भएको छ । आइतबार तोलामा १३ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार बढेर १३ सय ६५ रुपैयाँमा कारोबार भएको हो ।

प्रकाशित मिति १५ भाद्र २०७७, सोमबार १७:२६
Loading...